अमेरिकामा प्रहरी प्रमुखमाथि नक्कली डाँका रिपोर्ट बनाएर आप्रवासीहरूसँग रकम असुलेको अभियोग



प्रकाशित मिति : असार ३२, २०८२ बुधबार


अमेरिकाको लुइजियानाका प्रहरी प्रमुखहरूले नक्कली डाँका रिपोर्ट बनाएर आप्रवासीहरूसँग भिसाका लागि रकम असुलेको अभियोग लागेको छ ।

मध्य लुइजियानाको केही नगरहरूमा प्रहरी अधिकारीहरूले हस्ताक्षर गरेका डाँका सम्बन्धी प्रहरी प्रतिवेदनहरूमा आप्रवासीहरूलाई लक्षित गरेको देखिन्थ्यो।

ती सबै आप्रवासीहरू अमेरिका भित्रिन संघर्षरत व्यक्तिहरू थिए । उनीहरुको स्थानीय क्षेत्रसँग कुनै सम्बन्ध थिएन। तर संघीय अनुसन्धानकर्ताहरूका अनुसार ती प्रतिवेदनहरू झुट्टा देखिएका छन ।

अमेरिकामा प्रहरी प्रमुखमाथि नक्कली डाँका रिपोर्ट बनाएर आप्रवासीहरूसँग रकम असुलेको अभियोग

अमेरिकामा प्रहरी प्रमुखमाथि नक्कली डाँका रिपोर्ट बनाएर आप्रवासीहरूसँग रकम असुलेको अभियोग

ूवास्तवमा, ती सशस्त्र डाँकाहरू कहिल्यै भएका नै थिएनन्, पश्चिम लुइजियानाका कार्यवाहक अमेरिकी अटर्नी एलेक्जेन्डर सी भ्यान हुकले पत्रकारहरूलाई भनेका छन ।

भ्यान हुक र अन्य संघीय अधिकारीहरूले बताएअनुसार यो सबै एउटा योजनाको हिस्सा थियो र संघीय यू भिसा कार्यक्रमलाई दुरुपयोग गर्न खोजेको थियो।

उक्त कार्यक्रम सन् २००० मा सुरु गरिएको हो । जसले केही विशिष्ट हिंसात्मक अपराधका शिकार भएका गैरकानुनी आप्रवासीहरूलाई अस्थायी बसोबास अनुमति र नागरिकताको बाटो खुलाउने व्यवस्था गर्दछ ।

तर यसका लागि आवेदकहरूले प्रहरीको अनुसन्धानमा सहयोग गर्नुपर्छ र आफू पीडित भएको प्रमाण पनि पेश गर्नुपर्छ । प्रहरी प्रमुखहरूले झुट्टा डाँका रिपोर्टहरू बनाएर आप्रवासीहरूलाई ‘पीडित’ देखाउने काम गरेका थिए ।

ती रिपोर्टहरूमा समावेश व्यक्तिहरूले स्थानीय व्यापारी चन्द्रकान्त पटेललाई रकम तिरेका थिए । उनले फेरि ती प्रहरी अधिकारीहरूलाई प्रति आप्रवासी ५ हजार अमेरिकी डलरसम्म तिरेर नक्कली रिपोर्ट तयार गर्न लगाएका थिए।

अमेरिकामा प्रहरी प्रमुखमाथि नक्कली डाँका रिपोर्ट बनाएर आप्रवासीहरूसँग रकम असुलेको अभियोग

संघीय ग्रान्ड जुरीले लुइजियानाको तीन साना सहरका वर्तमान तथा पूर्व प्रहरी प्रमुखहरू, एक स्थानीय प्रहरी अधिकृत र व्यापारी चन्द्रकान्त पटेललाई अभियोग लगाएको छ ।

चाड डोएल, ओकडेल, लुइजियानाका प्रहरी प्रमुख , ग्लिन डिक्सन, फरेस्ट हिलका प्रहरी प्रमुख, टेबो ओनिसिया, ग्लेनमोरा नगरका पूर्व प्रहरी प्रमुख र माइकल स्लेनी, ओकडेलका मार्शललाई अभियोग लगाइएको छ ।

चन्द्रकान्त पटेल ओकडेलमा कन्विनिएन्स स्टोर र एक सबवे फ्रेन्चाइजका मालिक हुन् । उनी योजनाका सूत्रधार रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ । उनीमाथि घूस, डाँक मार्फत ठगी र धन शुद्धिकरणको आरोप लागेको छ।

प्रहरी अधिकारीहरूलाई भिसा ठगी,डाँकमार्फत ठगी,धन शुद्धिकरणको आरोप लगाइएको छ ।

एफबीआई न्यू ओरलिन्सका प्रमुख जोनाथन ट्यापले प्रहरी अधिकारीहरूबाट जनताको सुरक्षा र विश्वासको सम्मानको अपेक्षा गरेको बेला त्यो सम्मानलाई बेचेर आफ्नो उनीहरुले पदको दुरुपयोग गरेको बताएका छन ।

यो घोटालाले केवल अमेरिकी आप्रवासन प्रणालीमाथिको अविश्वास मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायभित्रकै भ्रष्टाचारलाई पनि उजागर गरेको छ । अब अदालतमा यसको कानुनी प्रक्रिया अघि बढ्नेछ ।





Source link

Leave a Comment