अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द

प्रकाशित मिति : भाद्र २४, २०८२ बुधबार

अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास

अमेरिकामा रहेका नेपाली दूतावास र महावाणिज्यदूतावाद्विारा आयोजित संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द गरिएको छ । नेपालमा विकसित परिस्थितिको सन्दर्भमा न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावासले सेप्टेम्बर १८ मा गर्ने भनिएको राष्ट्रिय दिवसको कार्यक्रम रद्द गरेको जनाएको छ ।

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले सेप्टेम्बर १८ दिउसो ४ बजे महावािणज्यदूतावासमै संविधान दिवस र राष्ट्रिय दिवस समारोह गर्ने तय गरेको थियो । साथै न्युयोर्क र आसपासका नेपाली समुदायका व्यक्तिहरुलाई पनि कार्यक्रमका लागि निमन्त्रणा पठाइसकेको थियो ।

अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द

अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द

अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द

त्यस्तै वासिंटन डिसीमा रहेको नेपाली दूतावालिे पनि १९ सेप्टेम्बरमा आयोजना गर्न तय भएको राष्ट्रिय दिवसको कार्यक्रम रद्द गरिएको जनाएको छ। दूतावासले पनि सेप्टेम्बर १९ को बेलुका साढे ५ बजे राजदूत निवासमा कार्यक्रम तय गरेर निमन्त्रणाहरु पठाइसकेको थियो ।

नेपालमा भएका प्रदर्शनहरु र हिंशात्मक घटनापछि यी कार्यक्रमहरु रद्द गरिएका हुन् । नेपालमा भएका हिंशात्मक घटनामा प्रदर्शनकारी र प्रहरीसहित कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ ।

Source link

Leave a Comment