अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ओटीटीमा आउने तयारी, गीत सार्वजनिक



प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ओटीटीमा आउने तयारी, गीत सार्वजनिक

ओटीटीमा आउने तयारीमा रहेको अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक गरिएको छ । अमेरिकाको मेरिल्याण्डमा छायांकन गरिएको यस सिचुएशनल कमेडी ड्रामाको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ ले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गरेको छ ।

निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत, र डिपी खनालको शब्द र प्रज्ज्वल खनालको शब्द रचनामा सहयोग रहेको गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ।

यो सिरिज हास्य र भावनात्मक क्षणहरूको संयोजन प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ । अमेरिकामा जीवनयापन गरिरहेका नेपाली परिवारको सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धहरूलाई उतार्ने यो कथा एउटा युवतीको वरिपरि घुम्छ, जो लुकेर लिभइन सम्बन्धमा रहेकी हुन्छिन् । जब उनका अभिभावक नेपालबाट पहिलो पटक अमेरिका आउँछन्, उनले आफ्नो सम्बन्ध लुकाउन गरेको संघर्षका क्रममा विभिन्न हास्यजनक र भावनात्मक घटनाहरू सिरिजमा देखाइनेछ ।

विमलेश अधिकारीको अवधारणा र निर्देशनमा सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो वेज सिरिजमा रोशन घिमिरे लाइन प्रोड्यूसर, बिबेक चाम्लागाईं लेखक, बिबेक रसाईली सहायक निर्देशक, पशुपति बश्याल छायांकन निर्देशक र अप्सरा कटुवाल मेकअप आर्टिस्ट रहेका छन् ।

सिरिजमा अरुणिमा लम्साल, विमलेश अधिकारी, राधा भाबु लम्साल, खेम शर्मा र नवोदित कलाकारहरू समारोह मैनीली, रोजिना थापा, र आशिष दाहाल लगायतको अभिनय छ।

“यो शृंखला एउटा समसामयिक कथा हो। हरेक नेपालीले यसलाई महसुस गर्न सक्नेछन्। अर्को महत्वपूर्ण कुरा यो शृंखलाले डिजिटल युगमा नवीनता ल्याउनको लागि भौगोलिक रूपमा नेपालमा नै हुन आवश्यक छैन भन्ने सन्देश पनि दिन्छ; विदेशमा बसेर पनि केही गर्न सकिन्छ,” विमलेश अधिकारीले बताए। दर्शकहरूको माया, समर्थन र विश्वासप्रति उनी आशावादी छन्।

विमलेश अधिकारी विराटनगर नेपालमा जन्मिएका एक ख्यातिप्राप्त नेपाली अभिनेता, मोडल, र निर्देशक हुन् । अधिकारी अहिले मेरिल्याण्डमा बसोबास गर्छन्। उनले नेपाली मनोरञ्जन क्षेत्रमा विशेषगरी २५० भन्दा बढी म्युजिक भिडियोहरू र थुप्रै उल्लेखनीय फिल्महरूमा काम गरेर महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ओटीटीमा आउने तयारी, गीत सार्वजनिक

उनले नेपाली फिल्म “ब्रेक फेल” बाट डेब्यू गरेका थिए र “मुटु,” “जंग बहादुर को कोट,” “तुलसी,” र “मेरो बेस्ट फ्रेन्ड” जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका छन्।  उनले अमेरिकामा बसोबास गर्दै थुप्रै म्युजिक भिडियोहरू निर्देशन र अभिनय गरेका छन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School