अमेरिकामा नागरिकता र ट्राभल डकुमेन्टको आवेदन पनि नयाँ, पुराना फारम भरे अस्वीकृत



प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

अमेरिकामा नागरिकता र ट्राभल डकुमेन्टको आवेदन पनि नयाँ, पुराना फारम भरे अस्वीकृत

युएससीआईएसले तत्कालदेखि लागु हुनेगरी अमेरिकी नागरिकता र ट्राभल डकुमेन्ट आवेदनको पनि नयाँ संस्करण जारी गरेको छ । नयाँ संस्करण लागु गर्नका लागि कुनै आवधिक छुट दिइएको छैन । पुरानो संस्करणको फारम प्रयोग गरेर पेश गरिएका कुनै पनि आवेदनहरू अस्वीकृत हुनसक्ने युएससीआईएसले चेतावनी दिएको छ ।

यो अचानक परिवर्तनले आवेदकहरू र अध्यागमन वकिलहरूमा चिन्ता उत्पन्न गरेको छ । किनभने नागरिकता आवेदन तयार गर्दै गरेका व्यक्तिहरूले पुराना फारमहरू अनजानमा पेश गरेमा ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ।

मार्च ४ देखि फारम एन ४०० को नयाँ संस्करणहरू लागु गरिएको, जसमा जनवरी २०, २०२५ को मिति राखिएको छ । यी अद्यावधिकहरूले शब्दावली र समावेशीतामा उल्लेखनीय परिवर्तनहरू ल्याएक छन् । , जसले वर्तमान ट्रम्प प्रशासनको नीतिहरूलाई प्रतिबिम्बित गर्दछ ।

अमेरिकामा नागरिकता र ट्राभल डकुमेन्टको आवेदन पनि नयाँ, पुराना फारम भरे अस्वीकृत

अमेरिकामा नागरिकता र ट्राभल डकुमेन्टको आवेदन पनि नयाँ, पुराना फारम भरे अस्वीकृत

पुरानो संस्करणले तीन लिङ्ग विकल्पहरू—पुरुष, महिला, र अर्को लिङ्ग पहिचान—रोज्न दिएको थियो, तर नयाँ संस्करणले विकल्पहरूलाई पुरुष र महिलामा सीमित गरेको छ। पुरानो संस्करणले लिङ्ग तटस्थ शब्दहरू र गैरनागरिक शब्द प्रयोग गरेको थियो भने नयाँ संस्करणले महिला र पुरुषमात्र जनाउने शब्दहरु र एलियन शब्द प्रयोग गरेको छ ।
नयाँ संस्करण पुरानो संस्करणको तुलनामा कम समावेशी रहेको छ ।

मार्च ४ मा नै यूएससीआईएसले ट्राभल डकुमेन्ट फारम आई १३१ को पनि नयाँ संस्करण जारी गरेको छ । यस अगाडि मार्च ३ देखि लागु हुने गरी ग्रिनकार्ड आवेदन आई ४८५ लगायतका फर्ममा अपडेट गरेको थियो । । मार्च ३ देखि ग्रिनकार्ड फर्मको जनवरी २०, २०२५ को संस्करण लागु भएको छ । यस अगाडि ग्रिनकार्ड आवेदन आई ४८५ का लागि अक्टोबर २४, २०२४ को संस्करण लागु भएको थियो ।

फर्मको अघिल्लो संस्करणमा लिङ्गमा महिला, पुरुष र अर्को लिङ्ग पहिचानको विकल्प दिइएको थियो भने नयाँ संस्करणमा लिङ्गमा महिला र पुरुषको मात्र विकल्प दिइएको छ । त्यस्तै अघिल्लो फर्ममा विदेशी नागरिक, गैर नागरिक लगायतका शब्दावलीहरु प्रयोग गरिएको थियो भने नयाँ संस्करणमा एलियन शब्दावली प्रयोग गरिएको छ ।

ग्रिनकार्ड आवेदन आई ४८५ सँगै यू भिसा आवेदन आई ९१८, आई ४८५ को पुरक फर्म जे, आई ४८५ को पुरक फर्म ए, बायोग्राफिक इन्फर्मेशन जी ३२५ ए, स्पोन्सर फर्म आई १३४, आप्रवासीका रुपमा अग्रिम प्रवेशका लागि आवेदन फर्म आई १९२ मा पनि ३ मार्चदेखि जनवरी २०, २०२५ को संस्करण लागु गरिएको छ । यसअगाडि उद्यमी परोल फर्म ९४१, टी भिसा आवेदन आई ९१४, पब्लिक चार्जको धरौटी रद्द गराउने फर्म आई ३५६ का सन्दर्भमा पनि जनवरी २०, २०२५ को संस्करण लागु गरिएको थियो ।

ट्रम्प प्रशासनले गैरनागरिक र आप्रवासीहरूलाई वर्णन गर्न एलियन र अवैध एलियन शब्दहरू प्रयोग गरेर पुनः सुरु गरेकोमा फर्महरुमा पनि सोही अनुशार अपडेट गरिएको हो । युएससीआईएस, आईस, अध्यागमन अदालत लगायतका अन्य सरकारी कागजातहरुमा पनि एलियन शब्द नै प्रयोग गर्न सुरु गरिएको छ ।

अमेरिकामा नागरिकता र ट्राभल डकुमेन्टको आवेदन पनि नयाँ, पुराना फारम भरे अस्वीकृत

त्यस्तै ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुशार अमेरिकी सरकारका कागजातहरुमा लिङ्गमा महिला र पुरुषमात्र उल्लेख गर्न सुरु गरिएको छ । सोही अनुशार विभिन्न फर्म र कागजातहरु अपडेट गर्ने क्रम ट्रम्प प्रशासनले जारी राखेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यस अगाडि लिङ्गमा एक्स मार्क गर्ने पासपोर्ट आवेदनको फर्म हटाइसकेको छ । कार्यकारी आदेश अनुशार नै अमेरिकी पासपोर्टमा एक्स मार्क हटाइएको हो । अबदेखि पासपोर्टहरुमा पनि लिङ्ग पुरुष वा महिलामात्र उल्लेख गरिनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School