अमेरिकामा दुई मरीन छोरीले देशको सेवा गरिरहँदा बुवा आइसको हिरासतमा, निर्वासनको डर



प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको फ्लोरिडाको पाम बिच काउन्टीमा सानो सवारी दुर्घटनापछि ग्वाटेमालाबाट आएका ४५ वर्षीय पास्कुअल एन्ड्रेसलाई अमेरिकी अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरुले नियन्त्रणमा लिएपछि परिवार संकटमा परेको छ।

एन्ड्रेसका दुई छोरीहरू (२२ वर्षीया युलिसा र २० वर्षीया येनिफर) अमेरिकी मरीन सेनामा सक्रिय रूपमा कार्यरत छन्। उनीहरूको भाइले पनि अर्को वर्ष एयर फोर्समा भर्ती हुने योजना बनाएका छन्। देशको सेवा गर्ने सन्तान भएका बाबु भने अहिले निर्वासनको जोखिममा परेका छन्।

अगस्त १६ मा भएको साधारण फेन्डर–बेंडर दुर्घटनामा अर्को गाडीले पछाडिबाट ठक्कर दिँदा फ्लोरिडा हाइवे पेट्रोल अधिकारीहरूले एन्ड्रेसलाई नियन्त्रणमा लिए। कुनै आपराधिक रेकर्ड नभए पनि उनलाई सुरुमा एलीगेटर अलकाट्राज डिटेन्सन सेन्टर (फ्लोरिडा एभर्ग्लेड्स) मा राखिएको थियो । पछि, मियामीको क्रोम डिटेन्सन सेन्टरमा सारिएको छ।

अमेरिकामा दुई मरीन छोरीले देशको सेवा गरिरहँदा बुवा आइसको हिरासतमा, निर्वासनको डर

अमेरिकामा दुई मरीन छोरीले देशको सेवा गरिरहँदा बुवा आइसको हिरासतमा, निर्वासनको डर

उनका वकिल मिरियम अकोस्टाका अनुसार, गिरफ्तारीसम्बन्धी कुनै आधिकारिक अभिलेख वा मुद्दा दर्ता नभएको देखिन्छ। उनले भनिन्— “उनीलाई बस समातेर लगियो, तर किन र कसरी भन्ने आधारको कुनै पनि कागजात भेटिएको छैन।”

यो गिरफ्तारी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रव्यापी आप्रवासन कारबाहीसँग सम्बन्धित छ। गभर्नर रोन डीस्यान्टिसको आदेशअनुसार, फ्लोरिडाका सबै प्रहरी निकायले २८७ (जी) सम्झौता हस्ताक्षर गरेका छन्, जसले स्थानीय प्रहरीलाई संघीय आप्रवासन अधिकारीको अधिकार दिएको छ। यसले गर्दा दैनिक गस्तीका क्रममा ‘कागजातबिहीन आप्रवासी’ शंका लागेकालाई पक्राउ गर्न सकिन्छ।

प्रशासनले यसलाई “व्यापक निर्वासन अभियान” भनेको छ। प्यु रिसर्च सेन्टरका अनुसार, अमेरिकामा आधिकारिक कागजातबिहीन आप्रवासीहरूको संख्या २०२३ मा १ करोड ४० लाख पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।

अमेरिकी मरीनमा कार्यरत युलिसा र येनिफर दुवै अहिले क्यालिफोर्नियामा तैनाथ छन्। तर, उनीहरूका बुबा हिरासतमा हुँदा उनीहरू गहिरो मानसिक तनावमा छन्। युलिसाले “हामीले देशको सेवा गरिरहेका बेला हाम्रा आफ्नै बाबु निर्वासनको डरमा हुनु न्यायसंगत छैन” भन्दै आक्रोश व्यक्त गरिन्।

यो परिवार मिक्स्ड–स्टाटस फ्यामिली (कुनै सदस्यसँग नागरिकता वा कानुनी हैसियत हुने र अरूसँग नहुने) मध्ये एक हो। एन्ड्रेसका चार सन्तान अमेरिकी नागरिक भए पनि उनी अझै कानुनी दर्जा पाउन सकेका छैनन्। पक्राउ पर्नु अघि परिवारले नागरिकता प्रक्रियाको कागजात सुरु गरिसकेको थियो।

अमेरिकामा दुई मरीन छोरीले देशको सेवा गरिरहँदा बुवा आइसको हिरासतमा, निर्वासनको डर

यो घटना अमेरिकी आप्रवासन नीतिप्रति गहिरो प्रश्न उठाइरहेको छ। आप्रवासन अधिकारकर्मीहरूले निर्दोष र आपराधिक रेकर्ड नभएका मानिसहरूलाई पनि यसरी हिरासतमा लिइनु अमानवीय भएको बताएका छन्।

फ्लोरिडामा मात्र डिटेन्सन सेन्टर सञ्चालन गर्न वार्षिक करिब ४५० मिलियन डलर खर्च हुने अनुमान गरिएको छ। आलोचकहरूले यो पैसा करदाताको बोझ मात्र बढाउने तर्क गरेका छन्।





Source link

Leave a Comment