अमेरिकामा दादुरा संक्रमण तीव्र: विद्यालयका विद्यार्थीहरू जोखिममा



प्रकाशित मिति : आश्विन २६, २०८२ सोमबार

person in white long sleeve shirt holding silver and black tube type mod

अमेरिकामा दादुराको संक्रमण बढेको छ। दक्षिण क्यारोलिनामा १५० भन्दा बढी खोप नलगाएका विद्यार्थीहरूमा दादुराको संक्रमण देखिएपछि उनीहरूलाई २१ दिनका लागि क्वारेन्टिनमा राखिएको राज्यका अधिकारीहरूले बताएका छन्।

यी विद्यार्थीहरूलाई खोप नलगाइएको र उनीहरू अन्य विद्यार्थीहरूसँग सम्पर्कमा रहँदा रोग फैलिने जोखिम बढेकाले विद्यालय जान रोक लगाइएको छ।

दादुरा संक्रमणको हिसाबले दक्षिण क्यारोलिना यस वर्ष न्यु मेक्सिको र टेक्सासपछिको अर्को अमेरिकी राज्य बनेको छ, जहाँ दादुराको प्रकोप देखिएको छ। ती दुई राज्यमा सयौँ मानिस संक्रमित भएका थिए र कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

अमेरिकामा दादुरा संक्रमण तीव्र: विद्यालयका विद्यार्थीहरू जोखिममा

अमेरिकामा दादुरा संक्रमण तीव्र: विद्यालयका विद्यार्थीहरू जोखिममा

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, यो वर्ष अमेरिकाभर १ हजार ५६३ दादुरा संक्रमणका घटनाहरू पुष्टि भएका छन्, जुन पछिल्ला ३० वर्षमा सबैभन्दा उच्च हो।

क्वारेन्टिनमा राखिएका विद्यार्थीहरू दक्षिण क्यारोलिनाको स्पार्टनबर्ग काउन्टीस्थित ग्लोबल एकेडेमी अफ साउथ क्यारोलिना र फेयरफरेस्ट एलिमेन्टरी स्कूलका हुन्। यी विद्यालयहरू प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूका लागि खोलिएका हुन्।

राज्यको सार्वजनिक स्वास्थ्य विभागले विगत दुई हप्तामा आफ्नो आठौँ दादुरा संक्रमित केस ग्रिनभिल काउन्टीमा पत्ता लागेको जनाएको छ। विभागले राज्यको उत्तरी भागमा दादुराको सामुदायिक संक्रमण भइरहेको बताएको छ। यो संक्रमणले सबैलाई दादुरा विरुद्धको खोप लगाउनु अत्यावश्यक बनाएको विभागले बताएको छ।

एमएमआर खोप दादुरा विरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो। यसले दादुरा, मम्प्स र रुबेला विरुद्ध ९७ प्रतिशतसम्म प्रतिरक्षा प्रदान गर्छ। दादुराले निमोनिया, मस्तिष्क सुन्निने समस्या र मृत्यु समेत निम्त्याउन सक्छ।

दक्षिण क्यारोलिनाका साथै युटाह र एरिजोना राज्यमा पनि दादुराका संक्रमितहरू तीव्र रूपमा बढिरहेका छन्।

अमेरिकामा दादुरा संक्रमण तीव्र: विद्यालयका विद्यार्थीहरू जोखिममा

यस वर्षको सुरुवातमा पश्चिमी टेक्सास र न्यु मेक्सिकोमा दादुराको प्रकोप फैलिएको थियो, जसमा दुई टेक्सासका र एक न्यु मेक्सिकोका नागरिकको मृत्यु भएको थियो। सन् २०१५ पछि अमेरिकामा दादुराबाट मृत्यु भएको थिएन। अधिकांश संक्रमितहरू खोप नलगाएका व्यक्ति रहेको पुष्टि भएको छ।

युनिसेफका अनुसार दादुराको संक्रमण विश्वभर बढिरहेको छ। पछिल्ला पाँच वर्षमा १०० देशहरूमा दादुराको प्रकोप देखिएको छ।





Source link

Leave a Comment