अमेरिकामा डढेलो निभाउन गएका २ जना दमकलकर्मीको गोली लागेर मृत्यु



प्रकाशित मिति : असार १५, २०८२ आईतबार


अमेरिकामा दुई जनाको गोली लागेर मृत्यु भएको छ । अमेरिकाको पश्चिमी राज्य आइडाहोको एक पहाडी समुदायमा डढेलो लागेपछि निभाउन गएका २ जनाको गोली लागेर ज्यान गएको हो ।

मृतक आगो निभाउन गएका दमकलकर्मीहरु रहेको प्रहरीले बताएको छ । आगो लागेको खबर स्थानीयले गरेपछि निभाउन दमकल पुगेपछि त्यहाँ गोली चलेको थियो ।

अधिकारीहरूले जनाएअनुसार घटनास्थलमा सुरक्षाकर्मीमाथि अत्याधुनिक राइफलबाट गोली प्रहार भएको थियो ।

अमेरिकामा डढेलो निभाउन गएका २ जना दमकलकर्मीको गोली लागेर मृत्यु

अमेरिकामा डढेलो निभाउन गएका २ जना दमकलकर्मीको गोली लागेर मृत्यु

कूटेने काउन्टीका शेरिफ रोबर्ट नोरिसका अनुसार कोएर डीुएलिन शहर नजिकै क्यानफिल्ड पर्वतमा कानून कार्यान्वयन टोलीमाथि आक्रमणकारीले गोली चलाएका हुन ।

अधिकारीहरूले विभिन्न दिशाबाट गोली प्रहार भएको बताएका छन्। स्थानीय बासिन्दाहरूलाई घटनास्थल नजिक नजान आग्रह गरिएको छ ।

एफबीआईका उपनिर्देशक ड्यान बोंजिनोले एफबीआई एजेन्टहरू ‘रणनीतिक र सञ्चालनगत सहयोग’ पुर्याउन घटनास्थलमा पुगेका थिए ।

https://www.youtube.com/watch?v=videoseries

आइडाहो राज्यका गभर्नर ब्राड लिटलले ‘धेरैजना साहसी दमकलकर्मीहरू’ माथि आक्रमण भएको पुष्टि गरे।

गभर्नर लिटलले सामाजिक सञ्जालमा लेखे, ‘वीर दमकलकर्मीहरूमाथि भएको यो कायरतापूर्ण आक्रमण निन्दनीय छ । सम्पूर्ण आइडाहोवासीहरूलाई उनीहरू र उनीहरूको परिवारको लागि प्रार्थना गर्न आग्रह गर्दछु।’

अमेरिकामा डढेलो निभाउन गएका २ जना दमकलकर्मीको गोली लागेर मृत्यु

पत्रकार सम्मेलनमा शेरिफ नोरिसले भने, ‘त्यहाँ एक, दुई, तीन वा चारजना आक्रमणकारी हुन सक्ने आशंका छ । हामीलाई यकिन छैन।”हामीलाई थाहा छैन कति संदिग्धहरू त्यहाँ छन्, र कति जनाको मृत्यु वा घाइते अवस्था छ भन्ने पनि थाहा छैन।’

प्रहरीका अनुसार, गोली लागेर मारिएका दुई जना सम्भावित दमकलकर्मी हुन् ।

शेरिफ नोरिसले भने, ‘हामी आशा गर्छौं कसैले स्पष्ट निशाना लगाएर आक्रमणकारीलाई निष्क्रिय पार्न सकून्, किनकि हालसम्म उनीहरूले आत्मसमर्पण गर्ने कुनै संकेत दिएका छैनन्।’

शेरिफले भने, क्यानफिल्ड पर्वतमा सामान्य नागरिकहरू पनि छन् । किनभने त्यो क्षेत्र पैदलयात्रा र साइकल ट्रेलहरूबाट भरिएको छ, त्यसैले ‘त्यहाँ अरू मानिसहरू अझै पनि हुन सक्ने सम्भावना रहेको छ ।’ गोलीबारीको बीचमा डढेलो अझै पनि बलिरहेको छ।

कूटेने काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयले विज्ञप्ति निकालेर क्यानफिल्ड माउन्टेन ट्रेलहेड र नेटलटन गल्च रोड वरपरको क्षेत्रबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।





Source link

Leave a Comment