अमेरिकामा छुरा प्रहार गरी श्रीमति र छोरीको हत्या गर्ने व्यक्तिको गोलीबाट मृत्यु, १ बर्षका छोरा घाइते



प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार

अमेरिकामा छुरा प्रहार गरी श्रीमति र छोरीको हत्या गर्ने व्यक्तिको गोलीबाट मृत्यु, १ बर्षका छोरा घाइते

फोटो: नल भ्यालु, क्रिएटिभ कमन्स एट्रिब्युसन-ननकमर्सियल-नोडेरिभेटिभ्स २.० अन्तर्गत अनुमति प्राप्त

सोमबार बिहान फेयरफ्याक्स काउन्टीमा एक व्यक्तिले आफ्नै परिवारमाथि छुरा प्रहार गरी दुई जनाको हत्या गरेका छन् भने प्रहरीको जवाफी कारबाहीमा ती आक्रमणकारीको पनि मृत्यु भएको छ। प्रहरी प्रमुख केभिन डेभिसले यस घटनालाई “कल्पनाबाहिरको बीभत्स दृश्य” भन्दै टिप्पणी गरेका छन्।

प्रहरीका अनुसार बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको एक अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको जानकारीसहित ९११ मा धेरै फोनहरू आएका थिए। उक्त घरमा ५० वर्षीय एक पुरुष, उनकी श्रीमती, छोरी, ज्वाइँ र एक वर्षीय शिशु बस्ने गर्थे।

घटनाको समयमा ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र चर्को स्वरमा झगडा भएको सुनेर उनी ९११ मा फोन गर्दै भित्र छिर्दा आफ्नी श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा फेला पारे। त्यसलगत्तै उनका ससुराले १० इन्च लामो धारिलो हतियारले उनीमाथि पनि आक्रमण सुरु गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा ती व्यक्तिले आफ्ना ज्वाइँमाथि प्रहार गरिरहेका थिए। प्रहरी अधिकारीहरूले पटक-पटक हतियार फाल्न आदेश दिए पनि उनले अस्वीकार गरेपछि एक युवा प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेका आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको छ। आक्रमणमा परेका ज्वाइँको अवस्था अत्यन्तै नाजुक रहेको र एक वर्षीय शिशु भने पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त परिवारको यसअघि कुनै आपराधिक रेकर्ड वा प्रहरीमा उजुरी नभएको खुलेको छ। आफ्नै परिवार सिध्याउने गरी भएको यस हिंसाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्म प्रहरीले मृतक र आक्रमणकारीको नाम तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरेको छैन।

घटनापछि प्रहरी प्रमुख डेभिसले भने, “यो दृश्यलाई ‘रक्ताम्मे’ भन्नु मात्र पर्याप्त हुँदैन, यो त्योभन्दा धेरै भयावह थियो। ५० वर्षीय ससुराले परिवारका सदस्यहरूलाई झन्डै १० इन्च लामो खुकुरी वा दाउ जस्तो देखिने धारिलो हतियारले जथाभाबी प्रहार गरिरहेको अवस्थामा फेला पारिएको थियो।”





Source link

Leave a Comment