अमेरिकामा क्यान्सरसँग जुध्दै पत्रकार रजेन्द्र केसी, गोफण्डमीमा सहयोग अभियान



प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

अमेरिकामा क्यान्सरसँग जुध्दै पत्रकार रजेन्द्र केसी, गोफण्डमीमा सहयोग अभियान

अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसी (र केसी) को उपचारमा सहयोगका लागि गोफण्डमी सुरु गरिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका छन् । करिब एक महिनाअघि मात्र केसीको जीवनमा यो अप्रत्याशित अवस्था आएको हो ।

केसीको उपचारमा हाल केमोथेरापी गर्नुपर्ने भएको छ । नेपालबाट ६ वर्षअघि अमेरिका आएका केसीसँग श्रीमती र एक छोरी छन् । केसीको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिएको छ ।
तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

केसीको उपचारमा श्रीमती साथमै रहनुपर्ने र छोरीको हेरचाह गर्नुपर्ने भएकाले परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर बनेको छ । साथै मासिक किस्तालगायत अन्य विविध खर्चको अभावका कारण केसी परिवारको मानसिक रुपमा समेत अत्यन्तै चिन्तित अवस्थामा पुगेको छ ।

हालसम्मको बचत सकिएको हुँदा अहिले केसी परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर बन्दै गगएको छ । यही आर्थिक भारले गर्दा केसीले जुन आत्मबलसहित रोगको सामना गर्नुपर्ने हो त्यो झन् कठिन भइरहेको छ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्य केसीलाई आर्थिक सहायता जुटाउन नेजाले गोफण्डमी सुरु गरेको हो ।

नेजाले सबैलाई सहयोगको अपिल गर्दै भनेको छ – ‘तपाईं हाम्रो सहयोगले मात्र केसीलाई मानसिक रुपमा बलियो बनाउन सक्नेछौं । तपाईं हाम्रो थोरै सहयोगले गर्दा उहाँको जीवनमा नयाँ आशा र उत्साह दिन सक्छ । कृपया, केसीको उपचारलाई सफल बनाई उहाँ र उहाँको परिवारमा नयाँ परिवेश ल्याउनका लागि नेजाले सुरू गरेको गोफण्डमी अभियानलाई यहाँहरूले पूर्ण साथ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

‘केसीप्रति तपाईं हाम्रो सहयोग, माया र प्रार्थनाले केसीलाई यो युद्ध जित्न मद्दत गर्नेछ । अतस् केसीको शीघ्र स्वास्थ्य लाभको कमानास्वरुप आफूले सकेको आर्थिक सहयोग गरिदिनुहुनका लागि यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछौं । यहाँहरूको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै केसीको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौं , ‘  नेजाले भनेको छ ।

अमेरिकामा क्यान्सरसँग जुध्दै पत्रकार रजेन्द्र केसी, गोफण्डमीमा सहयोग अभियान





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School