अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु



प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

फोटो : एपी/रासस

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना भएको छ। मङ्गलबार बेलुकी युपिएस कार्गो विमान लुइसभिलको मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। एघार जना घाइते भएको पुष्टि भएको छ। तर, घाइते र मृतकको सङ्ख्या अझै बढ्न सक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताएका छन्।

यो विमान लुइसभिलस्थित युपिएस वर्ल्डपोर्ट हब बाट होनोलुलुका लागि उडान भर्दै थियो।

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

दुर्घटनाको भिडियो फुटेजमा विमानको बायाँ पखेटामा आगो लागेको र त्यसपछि ठुलो आगोको गोला विस्फोट भएको देखिन्छ।

विमान केही क्षण आकाशमा उड्ने प्रयास गरेपछि भुइँमा ठोक्किएको र नजिकैको भवनको छाना समेत क्षतिग्रस्त भएको देखिन्छ।

विमानमा रहेका तीन चालक दलका सदस्यहरूको अवस्था अझै अज्ञात छ। दुर्घटनाग्रस्त विमान म्याकडोनेल डगलस एमडी–११, सन् १९९१ मा बनेको थियो।

लुइसभिलको यो हब युपिएसको विश्वकै सबैभन्दा ठूलो प्याकेज ह्यान्डलिङ केन्द्र हो, जहाँ हजारौँ कामदार कार्यरत छन्। यहाँ दैनिक तीन सय (300) उडानहरू हुने गर्छन् र प्रति घण्टा चार लाखभन्दा बढी पार्सल यहाँबाट छानिन्छ।

दुर्घटनापछि मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द गरिएको छ।

केन्टकी पेट्रोलियम रिसाइक्लिङ नामक व्यावसायिक भवनमा सिधै विमान ठोक्किएको आशङ्का गरिएको छ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा एकपछि अर्को गर्दै ठूला–ठूला आगोका गोलाहरू आकाशमा उडेको देखिन्छ।





Source link

Leave a Comment