अमेरिकामा कसरी सुरु भयो लेबर डे ? यसबारे थाहा पाउनुपर्ने केही कुराहरु



प्रकाशित मिति : भाद्र १४, २०८१ शुक्रबार

अमेरिकामा कसरी सुरु भयो लेबर डे ? यसबारे थाहा पाउनुपर्ने केही कुराहरु

धेरै अमेरिकीहरूको लागि लेबर डे तीनदिने सप्ताहन्त हो, जुन गर्मीको अन्त्य र विद्यालय वर्षको सुरुवात हो।

आजकल छुट्टी समुद्र तट वा पोखरीमा पौडी खेलेर, पार्कमा रमाइलो गरेर वा सिजनको पहिलो कलेज फुटबल खेलहरू हेरेर पनि मनाउन सकिन्छ। तर यो बिदा कसरी आयो ? यसबारे कैयनलाई थाहा नहुन सक्छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ लेबरका अनुशार सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई अमेरिकामा लेबर डेका रुपमा मनाइन्छ । अमेरिकाको श्रम आन्दोलनप्रतिको सम्मानका साथमा अमेरिकाको विकाश र उपलब्धीमा श्रमिकको काम र योगदानको कदर गर्दै अमेरिकामा लेबर डे मनाइन्छ ।

यो विदाको इतिहास १९ औं शताब्दीको अन्त्यमा जोडिएको छ, जतिबेला श्रम अधिकारवादीहरुले कामदारले अमेरिकाको सवलता, विकाश र सुदृढिकरणमा दिएको योगदानको सम्मानमा यसलाई संघीय विदाका रुपमा मनाउन दवाव दिदै आएका थिए ।

संघीय विदाका रुपमा स्वीकार गरिनु अगाडि लेबर डेलाई श्रम अधिकारकर्मीहरु र राज्यहरुले मान्यता दिएका थिए । यसबारेको पहिलो बिल सार्वजनिक गर्ने राज्य न्युयोर्क थियो तर ओरेगन यो बिल पारित गर्ने पहिलो राज्य बन्यो । सन् १८८७ को फरबरी २१ मा ओरेगनले लेबर डेलाई मान्यता दिने बिल पारित गरेको थियो । त्यो वर्ष थप चार राज्यहरू कोलोराडो, म्यासाचुसेट्स, न्युजर्सी र न्युयोर्कले समान कानूनहरू पारित गरे।

१८८७ सम्म कोलोराडो, मासाचुसेट्स, न्युजर्सी र न्युयोर्कले पनि लेबर डे लाई विदाका रुपमा मान्यता दिएका थिए । सन् १८९४ सम्म आइपुग्दा लेबर डे लाई मान्यता दिने राज्यहरुको संख्या २३ पुगेको थियो । सन् १९९४ को जुन २८ मा अमेरिकी संसदले नै लेबर डे लाई हरेक बर्षको सेप्टेम्बरको पहिलो सोमबार मनाउने गरी संघीय विदाका रुपमा मान्यता दिएको थियो । र राष्ट्रपति ग्रोभर क्लिभल्याण्डले यसमा हस्ताक्षर गरे।

पहिलो पटक लेबर डे सन् सन् १८८२ को सेप्टेम्बर ५ मा मनाइएको थियो । त्यसपछि सन् १८८३ को सेप्टेम्बर ५ मा केन्द्रीय लेबर युनियनले दोश्रो लेबर डे को आयोजना गरेको थियो । सन् १८९४ मा संसदबाट बिल पारित भएपछि अमेरिकामा लेबर डे ब्यापक रुपमा मनाउन थालिएको हो । अमेरिकनहरुले लेबर डे उत्सव, परेड र पिकनिकका साथ मनाउने गर्छन् ।

लेबर डेको संस्थापक को हो भन्ने पूर्ण रूपमा स्पष्ट छैन, तर दुई जना कामदारले यसको उत्पत्तिमा ठोस दाबी गर्न सक्छन्। केही रेकर्डहरूका अनुशार सन् १८८२ मा ब्रदरहुड अफ कार्पेन्टर्स एन्ड जोइनर्सका महासचिव र अमेरिकन फेडरेशन अफ लेबरका सह संस्थापक पिटर जे म्याकगुइरले सम्मानको लागि श्रमिकको सम्मानका लागि एक दिन छुट्याउने सुझाव दिएका थिए ।

अमेरिकामा कसरी सुरु भयो लेबर डे ? यसबारे थाहा पाउनुपर्ने केही कुराहरु

तर श्रम दिवसको इतिहासमा म्याकगुइरको स्थानलाई चुनौती भने नदिइएको होइन । धेरैले म्याकगुइरेले नभई मेसिनिस्ट म्याथ्यू म्यागुइरले छुट्टीको स्थापना गरेको विश्वास गर्छन् । कुनै विवाद नभएको देखाउन म्यागुइर र म्याकगुइरे दुबै जनाले त्यस वर्ष न्युयोर्क शहरमा देशको पहिलो श्रम दिवस परेडमा भाग लिएका थिए ।

लामो विदा हुने भएकाले लेबर डेलाई पारिवारिक घुमफिरका लागि पनि उपयोग गरिन्छ । अमेरिका श्रमको सम्मान हुने मुलुकका रुपमा परिचित भएकाले लेबर डेलाई विशेष रुपमा हेरिन्छ ।

 





Source link

Leave a Comment