अमेरिकामा कन्सर्टमा खिचिएको भिडियो भाइरल बनेपछि कम्पनी प्रमुख बर्खास्त



प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार


अमेरिकाको प्रविधि कम्पनी एस्ट्रानोमरले आफ्नो प्रमुख कार्यकारी अधिकृत एन्डी बायरनलाई बर्खास्त गरेको छ ।

कोल्डप्ले कन्सर्टमा खिचिएको र भाइरल बनेको भिडियोमा दुई जनालाई अँगालोमा देखिएपछि कम्पनीले यो कदम चालेको हो । उनीहरु कम्पनीका कर्मचारीहरु रहेको मानिएको छ।

बोस्टनमा भएको कोल्डप्ले कन्सर्टमा उक्त जोडीको तस्बिर विशाल पर्दामा देखाइएको थियो । उनीहरू संगीतको तालमा झुमिरहेका थिए । जब क्यामेराले उनीहरूको अनुहार देखायो । उनीहरूले एकअर्कालाई अँगालो हाल्दै झुक्न थाले र अनुहार लुकाए ।

अमेरिकामा कन्सर्टमा खिचिएको भिडियो भाइरल बनेपछि कम्पनी प्रमुख बर्खास्त

अमेरिकामा कन्सर्टमा खिचिएको भिडियो भाइरल बनेपछि कम्पनी प्रमुख बर्खास्त

ब्यान्डका गायक क्रिस मार्टिनले उक्त क्षण देखेपछि भीडलाई भने, “या त यी दुईको सम्बन्ध चलिरहेको छ, या त उनीहरू अत्यन्तै लजालु छन्।”

बिहीबारदेखि उक्त भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल बनेको छ । भिडियो सुरुमा टिकटकमा पोस्ट गरिएको थियो । जसले लाखौं भ्यु पाएको छ ।
यो घटनापछि कम्पनीले विज्ञप्ति प्रकाशित गर्दै सीइओ एन्डी बायरनलाई बर्खास्त गरिएको पुष्टि गर्यो ।

एस्ट्रानोमर सधैं आफ्ना मूल्य र संस्कृतिमा प्रतिबद्ध रहँदै आएको कम्पनी हो । नेतृत्वले व्यवहार र जवाफदेहितामा उच्च मापदण्ड देखाउनु अपेक्षित छ । यस घटनाको सम्बन्धमा बोर्ड अफ डाइरेक्टर्सले औपचारिक अनुसन्धान सुरु गरिसकेको छ ।

धेरै रिपोर्टहरूमा देखिएको पुरुषलाई एन्डी बायरन मानिएको छ । जुलाई २०२३ देखि कम्पनीमा कार्यरत थिए । तर उनले यो भिडियोमा आफू भएको पुष्टि गरेका छैनन् ।

अनलाइन प्रयोगकर्ताहरूले ती महिलालाई कम्पनीकी चीफ पिपल अफिसर क्रिस्टिन क्याबट भएको दाबी गरेका छन् । उनी नोभेम्बर २०२४ देखि कम्पनीमा कार्यरत छन् । तर उनले पनि आफ्नो पहिचान पुष्टि गरेकी छैनन् । ती दुई व्यक्तिको परिचय स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

अमेरिकामा कन्सर्टमा खिचिएको भिडियो भाइरल बनेपछि कम्पनी प्रमुख बर्खास्त





Source link

Leave a Comment