अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं



प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार


अमेरिकाको न्यूयोर्कस्थित वेस्टबरी सहरमा एमआरआई मेसिनमा तानिँदा एकजनाको ज्यान गएको छ । उनी एमआरआई।मेसिनमा तानिएपछि गम्भीर घाइते भएका थिए । पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

नासाउ काउन्टी प्रहरी विभागका अनुसार पीडित ६१ वर्षीय पुरुष एमआरआई मेसिनमा स्क्यान भइरहेको बेला गल्तीले त्यस्तो कोठामा प्रवेश गरेका थिए । उक्त कोठामा जान अनुमति भने थिएन।

प्रहरीले जनाएअनुसार ती व्यक्ति गह्रौं फलामको सिक्री लगाएको अवस्थामा एमआरआई कोठामा प्रवेश गरेका थिए ।

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

कोठामा प्रवेश गरेका उनलाई मेसिनको शक्तिशाली चुम्बकीय बलले तानेको प्रहरीले बताएको छ । यस घटनाका कारण उनलाई गम्भीर चिकित्सकीय असर परेको थियो ।

प्रहरीले उनले लगाएको ठूला फलामे सिक्रीका कारण उनी मेसिनमा तानिएपछि स्वास्थ्यमा गम्भीर असर पुगेको बताएको छ । घटनापछि तत्कालै उनलाई स्थानीय अस्पताल पुर्याइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो । एमआरआईको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो ।

शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग हुन्छ ।

शरीरभित्र धातु जडान गरिएको छ भने एमआरआई गर्न मिल्दैन । स्क्यान गर्ने क्रममा आउने आवाजले भित्र हुँदा एक किसिमको डर पैदा हुनसक्छ ।

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

गुफामा छिरेको जस्तो भएर कतिपयलाई आत्तिने र निस्सासिएको जस्तो अनुभव गर्ने हुनसक्छ । एमआरआईले शरीरको भित्री संरचना मस्तिष्क, मेरुदण्ड, जोर्नी, अंगहरूको विस्तृत चित्र लिन मद्दत गर्छ ।

गर्भवस्थामा एमआरआई गर्नुपर्ने अवस्था छ भने विशेष सावधानी अपनाएर मात्र गर्नुपर्ने हुन्छ । यो प्रक्रिया समस्या अनुसारको समय लाग्न सक्छ । न्यूनतम १५ मिनेटदेखि अधिकतम ५० मिनेटसम्म लामो प्रक्रिया पनि लाग्न सक्छ । यस्तोमा धैर्य गर्न कतिपयलाई कठिन हुनसक्छ ।

आजभोलि सानो समस्या हुँदा पनि हचुवाको भरमा एमआरआई गराउनेहरु पनि हुन्छन् । सबै समस्यामा एमआरआई मात्र सुरक्षित विकल्प नहुन सक्छ । कतिपय केसमा एमआरआई भन्दा सिटी स्क्यान प्रभावकारी हुनसक्छ ।





Source link

Leave a Comment