प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार
अमेरिकामा एप्पल र गुगलका एप स्टोरहरुबाट टिकटक डाउनलोड गर्न मिल्ने भएको छ । टिकटकमाथिको प्रतिबन्ध ५ अप्रिलसम्मका लागि स्थगित भएपछि एप्पल र गुगलमा टिकटक एप उपलव्ध हुन थालेको हो ।
अमेरिकामा टिकटकका १७ करोड भन्दा बढी प्रयोगकर्ताहरु भएको अनुमान गरिएको छ । त्यहाँको अदालतले प्रतिबन्ध लगाई दिएपछि टिकटक बन्द भएको थियो ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समयसीमा दिने आदेशमा हस्ताक्षर गरेपछि टिकटक पुन सुचारु भएको थियो ।
चिनियाँ स्वामित्वमा रहेको कम्पनी बाइटडान्सको स्वामित्व अमेरिकी कम्पनीहरुलाई बेच्नुपर्ने वा बन्द गर्नुपर्ने आदेश त्यहाँको अदालतले दिएको छ ।
प्रतिबन्ध हाल कायम नरहेकाले एप्पल र गुगलले डाउनलोडका लागि एप उपलव्ध गराउँदा सजायको भागिदार हुनु नपर्ने आश्वासन ह्वाइट हाउसबाट पाएपछि टिकटकको डाउनलोड उपलव्ध गराउन एप्पल र गुगलले सुरुवात गरेका हुन ।
तत्कालिन बाइडन प्रशासनले टिकटकलाई चीनले जासुसी र राजनीतिक फाइदाका लागि दुरुपयोग गर्नसक्ने भन्र्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पछि अदालतले वाइडेन प्रशासनको निर्णयलाई सहि ठहराएको थियो । तर चीन र टिकटकले भने बाइडेन प्रशासनले लगाएका आरोपहरूलाई बारम्बार अस्वीकार गरिरहेका छन ।