प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

अमेरिकाकी रिपब्लिकन कंग्रेस सदस्य बेथ भ्यान डुइनले एच–१ बी अस्थायी कार्य भिसा कार्यक्रम पूर्णरूपमा बन्द गर्नुपर्ने माग गरेकी छन्। उनले यो माग अमेरिकाको आप्रवासन प्रणालीमाथि कडाइ गर्ने व्यापक प्रयासको हिस्सा भएको बताएकी छन्।
टेक्सासकी प्रतिनिधि भ्यान डुइनले टिप्पणीकार बेनी जोनसनसँगको अन्तर्वार्तामा एच–१बीजस्ता आप्रवासन कार्यक्रमका अनपेक्षित परिणामबारे राजनीतिज्ञहरूले पर्याप्त ध्यान नदिएको आरोप लगाइन्। उनले एच–१बी कार्यक्रम दुरुपयोग भइरहेको दाबी गर्दै भनिन्, “यो कार्यक्रम अहिले नै रोक्नुपर्छ वा पूर्ण रूपमा पुनःसंरचना गर्नुपर्छ। अहिलेको स्वरूपमा यसलाई निरन्तरता दिन सकिँदैन।”
सन् १९९० मा सुरु गरिएको एच–१बी कार्यक्रमले अमेरिकी कम्पनीहरूलाई विशेषज्ञ पेशामा विदेशी कामदार अस्थायी रूपमा भर्ना गर्न अनुमति दिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घरेलु दक्ष जनशक्तिको अभाव पूर्ति गर्न एच–१बी आवश्यक रहेको धारणा राख्दै आएका छन्। तर, ट्रम्प प्रशासनले भिसा प्रवेशसम्बन्धी नियम कडा बनाउँदै नयाँ आवेदनमा १ लाख अमेरिकी डलर शुल्क लागू गरेको छ।
कतिपय रिपब्लिकन सांसदहरूले एच–१बी कार्यक्रम क्रमशः बन्द गर्नुपर्ने माग गरिरहेका बेला यसले प्रविधि, वित्तीय तथा व्यावसायिक सेवा क्षेत्रका कम्पनीहरू र समुदायहरूलाई नोक्सान पुर्याउन सक्ने चेतावनी पनि दिइएको छ। अमेरिकामा करिब ७ लाख ३० हजार एच–१बी भिसा धारक रहेका अनुमान गरिएको छ । आप्रवासन समर्थक वकालत समूह एफडब्ल्यूडी.यूएसका अनुसार एच–१बी धारकहरूले वार्षिक करिब ८६ बिलियन डलर अर्थतन्त्रमा योगदान गर्छन् करिब ३५ बिलियन डलर कर तिर्छन्।
तर, कार्यक्रमले ठूला कम्पनीलाई बढी फाइदा पुर्याउने, घरेलु तलब दबाउने र अमेरिकी कामदार विस्थापित गर्ने आरोप पनि लाग्दै आएका छन्। भ्यान डुइनले एच–१बी कार्यक्रम अमेरिकी कामदारका लागि हानिकारक भएको दाबी गर्दै यसलाई बन्द गर्नु आप्रवासन प्रणाली सुधारको रणनीतिक कदम भएको बताइन्।
यसैबीच, अन्य रिपब्लिकन सांसदहरूले पनि यस्तै माग दोहोर्याएका छन्। नोभेम्बरमा सांसद मार्जोरी टेलर ग्रीनले एच–१बी कार्यक्रम आक्रामक रूपमा चरणबद्ध रूपमा अन्त्य गर्न विधेयक ल्याउने घोषणा गरेकी थिइन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्