अमेरिकामा एक महिनामै बढे ५ हजार नेपाली विद्यार्थी, कुन राज्यमा कति?



प्रकाशित मिति : आश्विन ८, २०८२ बिहीबार

अमेरिकामा एक महिनामै बढे ५ हजार नेपाली विद्यार्थी, कुन राज्यमा कति?

अगस्तको तुलनामा सेप्टेम्बरमा अमेरिकामा विद्यार्थी भिसा स्टाटसमा सकृय नेपाली विद्यार्थीहरुको संख्यामा झण्डै ५ हजारले बृद्धि भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सेभिज तथ्यांकले देखाएको छ । अगस्तको सुरुमा अमेरिकाका विभिन्न शिक्षण संस्थामा सकृय विद्यार्थीहरुको संख्या ३० हजार १९ रहेकोमा सेप्टेम्बरमा यो संख्यामा उल्लेख्य बृद्धि भई ३४ हजार ८ सय ७ पुगेको छ । जुलाईमा यो संख्यामा ३० हजार ८ सय ४० रहेकोमा अगस्तमा अचानक घटेको थियो ।

सेप्टेम्बरमा अमेरिकामा सकृय नेपाली विद्यार्थीहरु ३४ हजार ८ सय ७ मध्ये १९ हजार ५ सय ८० जना पुरुष रहेका छन् भने १५ हजार २ सय २५ जना महिला रहेका छन् । त्यसमा ६ हजार ८ सय ३६ जना एसोसिएट, १२ हजार ६ सय ८२ जना ब्याचलर्स, ४ हजार ३ सय ३६ जना डाक्टरेट र ६४ जना फ्लाइट स्कुलमा अध्ययन गरिरहेकाहरु छन् । त्यस्तै ३२३ जना भाषा तालिम कक्षामा अध्ययन गरिरहेका छन् भने १० हजार ३ सय ३१ जनाले मास्टर्स गरिरहेका छन् । २२६ जना अन्य कक्षाहरुमा सहभागी छन् भने ९ जना सेकेण्डरी स्तरमा विद्यार्थी भिसामा अध्ययनरत छन् ।

chart visualization

अगस्तमा भाषा तालिम कक्षाम २०४ जना नेपालीहरु अध्ययनरत थिए भने यो संख्यामा सेप्टेम्बरमा बृद्धि भएको छ । अगस्तमा नेपालीहरुको टीपीएस समाप्त गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निर्णयसँगै भाषा कक्षामा भर्ना हुने नेपालीहरुको संख्यामा बृद्धि भएको देखिएको छ । यो संख्या जुलाईमा २४० रहेको थियो भने जुनमा २९३ रहेको थियो ।

अमेरिकामा एक महिनामै बढे ५ हजार नेपाली विद्यार्थी, कुन राज्यमा कति?

अमेरिकामा एक महिनामै बढे ५ हजार नेपाली विद्यार्थी, कुन राज्यमा कति?

अमेरिकामा सक्रिय नेपाली विद्यार्थीहरूको सङ्ख्यासम्बन्धी पछिल्लो तथ्याङ्कले टेक्सस राज्यमा सबैभन्दा बढी विद्यार्थी रहेको देखाएको छ। टेक्ससमा कुल ७,९०९ नेपाली विद्यार्थी सक्रिय रहेका छन्, जुन अन्य सबै अमेरिकी राज्यको तुलनामा उच्च सङ्ख्या हो। यो संख्या अगस्तमा टेक्सासमा ५ हजार ९ सय ७५ रहेकोमा सेप्टेम्बरमा उल्लेख्य बृद्धि भएको हो ।

टेक्ससपछि दोस्रो स्थानमा ओहायो राज्य रहेको छ, जहाँ २,४९५ नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। त्यसैगरी, तेस्रो स्थानमा न्यूयोर्कमा २,०९७ नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। चौथो र पाँचौँ स्थानमा क्रमशः केन्टकीमा १,६६४ र मिसौरीमा १,५४८ सक्रिय नेपाली विद्यार्थीहरू रहेका छन्। न्युयोर्कमा यो संख्या अगस्तमा १९७२ रहेकोमा सेप्टेम्बरमा बृद्धि भएको हो ।

chart visualization

आइसको सेभिज रेकर्ड अनुशार अप्रिलमा अमेरिकामा विभिन्न शिक्षण संस्थामा अध्ययनरत ३२ हजार ७० जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड सकृय रहेकोमा अगस्तको सुरुसम्म २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड खारेज वा समाप्त भई ३० हजार १९ मा झरेको थियो । तर सेप्टेम्बरमा यो संख्यामा पुन बृद्धि देखिएको हो ।

सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। जसका कारण उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।

सेभिज रेकर्ड अनुशार अप्रिलसम्म अमेरिकामा एफ एम लगायतका भिसामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेपनि त्यसपछि भने यो संख्यामा उल्लेख्य गिरावट आएको थियो । अप्रिलको सुरुमा ३२ हजार ७० जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा मे महिनाको सुरुमा यो संख्यामा गिरावट आई ३१ हजार ९ सय ८९ मा झरेको थियो । सेभिजमा थपिने विद्यार्थीको संख्या समेत हुने भएकाले बढीमा कतिजनाको सेभिज खारेज भयो भन्ने तथ्यांक सार्वजनिक नभएपनि यो तथ्यांकले अप्रिलमामात्र कम्तीमा ८१ जना नेपाली विद्यार्थीको सेभिज खारेज भएको देखाएको छ ।

अमेरिकामा एक महिनामै बढे ५ हजार नेपाली विद्यार्थी, कुन राज्यमा कति?

जुनमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३१ हजार ४ सय ६२ अर्थात् ५२७ ले घटेको थियो । अप्रिल र मे महिनामा अमेरिकी सरकारको विदेश मन्त्रालय र डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीले ब्यापक रुपमा नेपाली विद्यार्थीहरुको भिसा खारेज गरेको थियो । उक्त अवधिमा अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका थिए । केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो ।

जुलाईमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३० हजार ४ सय ८० मा झरेको थियो अर्थात् जुनको तुलनामा ९८२ ले घटेको थियो । त्यस्तै अगस्तमा यो संख्या जुलाईको तुलनामा ४६१ ले घटेर ३० हजार १९ मा झरेको थियो । अप्रिलदेखि अगस्तको सुरुसम्मको अवधिमा अमेरिकाका शिक्षण संस्थामा २ हजार ४९ जना विद्यार्थीहरु घटेकोबाट कम्तीमा २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भएको देखाउँछ । यद्यपी यो अवधिमा शिक्षण संस्थामा थपिने नेपाली विद्यार्थीहरुसमेत भएकाले सेभिज खारेज हुने नेपाली विद्यार्थीहरुको वास्तविक संख्या यो भन्दा अझ बढी रहेको छ ।

सेभिज खारेज केबल अमेरिकी सरकारको विदेश मन्त्रालय वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भिसा रद्द गरेका कारणमात्र हुँदैन । विद्यार्थीहरुले आफै पढाई छाडेका कारण, पढाई सकेका कारण, भिसा वा स्टाटस परिवर्तन गरेका कारणपनि सेभिज समाप्त वा खारेज हुन्छ । त्यसैले ट्रम्प प्रशासनको पछिल्लो निशानामा परेर कतिजना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भयो भन्ने यकिन विवरण नभएपनि सेभिज खारेजीको यो संख्याले उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरुको भिसा रद्द भएको देखाएको छ ।

यसैबीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले २०२४ को अगस्तपछिको सेभिज रेकर्डबारेको तथ्यांक पनि सच्याएको छ । यसअगाडि २०२४ को अगस्तमा १६९३३ नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको सेभिज रेकर्ड रहेकोमा अहिले त्यसलाई सच्याएर २०२४ को अगस्तमा २१ हजार ५ सय ८३ नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको रेकर्ड सार्वजनिक गरिएको छ । त्यसपछि आइसले जनवरीसम्मकै नेपाली विद्यार्थीको सेभिज रेकर्ड संख्या सच्याएको छ ।

पूरानो रेकर्डमा २०२५ को जनवरीमा १६ हजार ९ सय ३३ नेपाली विद्यार्थी अध्ययनरत रहेको सेभिज विवरण रहेपनि त्यसलाई सच्याएर २०२५ को जनवरीमा २७ हजार ८ सय ७० नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांक आइसले सार्वजनिक गरेको छ । त्यस्तै पूरानो रेकर्डमा २०२५ को फरबरीमा पनि १६ हजार ९ सय ३३ नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांक थियो, अहिले त्यसलाई पनि सच्याएर ३१ हजार ५ सय १ बनाइएको छ ।





Source link

Leave a Comment