अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…



प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अमेरिकामा एक ४ वर्षीय बालकले आफ्नी आमाले आइसक्रिम खाइदिएपछि प्रहरीलाई फोन गरेर उजुरी गरेका छन्।

यो अनौठो घटना गत मंगलबार रासिनबाट सात माइल पश्चिममा अवस्थित विस्कॉन्सिनको माउन्ट प्लेजेन्ट सहरमा भएको थियो।

बालकले प्रहरीलाई फोन गर्दै “आमाले नराम्रो गर्दैछिन्” भनेर गुनासो गरेका थिए। प्रहरीका अनुसार बालकले आफ्नो आइसक्रिम फिर्ता चाहन्थे । साथै, आमा कारबाहीमा नपरुन् भन्ने पनि उनी चाहन्थेँ ।

अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…

अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…

प्रहरीले जब घटनास्थलमा पुगेर वास्तविकता पत्ता लगाए, तब उनीहरू बालकलाई सम्झाएर फर्किए। तर, अर्को दिन तीनै प्रहरी अधिकृतहरू एउटा विशेष उपहारसहित पुनः बालकको घरमा पुगे । उनीहरूले बालकलाई नयाँ आइसक्रिम ल्याइदिए र खुसी पार्ने प्रयास गरे।

प्रहरी अधिकारीहरूले बालकसँग फोटो खिच्दै सामाजिक सञ्जालमार्फत रमाइलो क्षण साझा गरेका हुन् ।

यो रमाइलो घटनालाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया आएका छन्।

“उहाँ गलत हुनुहुन्छ भन्न सक्दिन, तर म उहाँलाई बुझ्न सक्छु,” भनेर एक जनाले टिप्पणी गरे।

अर्का प्रयोगकर्ताले भने, “कम्तीमा उसलाई कसरी मद्दत माग्ने भन्ने थाहा छ, एक दिन यो सिकाइले कसैको ज्यान बचाउन सक्छ !”

अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…

“हाम्रा प्रहरी अधिकारीहरू बालबालिकासँग सकारात्मक सम्बन्ध बनाइरहेको सुन्दा खुसी लाग्छ। यस्ता राम्रो समाचारहरू निरन्तर आउन दिऔँ !” भन्दै अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे ।





Source link

Leave a Comment