अमेरिकामा आप्रवासीहरुलाई आइसको तारेख र अदालतको सुनुवाईमा नै पक्राउ गरिदै



प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

अमेरिकामा आप्रवासीहरुलाई आइसको तारेख र अदालतको सुनुवाईमा नै पक्राउ गरिदै

ट्रम्प प्रशासनले पछिल्ला केहि हप्ताहरुमा आप्रवासनसँग सम्बन्धित नीति परिवर्तनहरु गरिरहँदा आप्रवासीहरुलाई अमेरिकी अध्यागमन एजेन्सी आइसको चेक इनका क्रममा र अध्यागमन अदालतको सुनुवाईपछि पनि पक्राउ गरिएका घटनाहरु बाहिर आएका छन् । आइसको प्रतिवेदन अनुसार दैनिक पक्राउको लक्ष्य १,२०० देखि १,५०० सम्म पूरा गर्नका लागि आइसको नियमित चेकइन र अध्यागमन अदालतको सुनुवाईपछि कतिपय आप्रवासीहरुलाई सिधै अध्यागमन हिराशततिर लगिएको छ ।

नियमको पालना गरेर आइसको तारेखमा जाने आप्रवासीहरुहरुलाई सजिलो शिकार बनाउन थालेपछि कतिपय आप्रवासीहरु आइसको नियमित चेकइनमा जान समेत डराइरहेका छन् । साथै अध्यागमन अदालतमा सुनुवाई भएका आप्रवासीहरु पनि यतिबेला त्यहीबाट अध्यागमन हिराशतमा पुगिने डरले त्रसित बनिरहेका छन् ।

न्युयोर्कका अध्यागमन वकिलहरुका अनुशार उनीहरूका दर्जनौं सेवाग्राहीहरुलाई तारेखमा बोलाएर आइसनको नियमित चेकइनका क्रममा पक्राउ गरिएको छ । जसका केही नेपालीहरु समेत रहेका छन् । आइसको तारेखका क्रममा केहीको पासपोर्ट जफत गरिएको, केहीलाई एङ्कल मोनिटर लगाइएको र बालबालिकाहरूको बायोमेट्रिक लिइएको जनाइएको छ । न्युजर्सीमा पनि आइसको तारेखमा आप्रवासीहरुलाई पक्राउ गरिएका घटनाहरु बाहिर आएका छन् । फ्लोरिडामा पनि आइसको चेकइनका क्रममा केही आप्रवासीहरुलाई हिराशतमा लिइएको छ । यस्ता घटनाहरु अन्य राज्यमा पनि भएका छन् ।

अमेरिकामा आप्रवासीहरुलाई आइसको तारेख र अदालतको सुनुवाईमा नै पक्राउ गरिदै

पक्राउ परिने डरले आप्रवासीहरु नियमित चेकइनमा नगएको खण्डमा आइसले त्यस्ता व्यक्तिलाई नियमको पालना नगरेको आरोपमा जुनसुकै स्थानबाट पक्राउ गर्नसक्छ । आइसको चेकइनमा नगएको खण्डमा उनीहरु भविश्यमा झन् बढी जोखिममा पर्ने गर्छन् । त्यसैले एकातिर कानुन व्यवसायीहरुले आइसको चेकइन नछुटाउन सुझाव दिइरहेका छन् भने आइस चेकइन नछुटाउँदा कतिपय व्यक्ति पक्राउ परिरहेका छन् ।

अध्यागमन अदालतमा पनि त्यस्तै अवस्था रहेको छ । यदि आप्रवासीहरू अध्यागमन अदालतमा मुद्दाको प्रक्रियामा उपस्थित नभएमा उनीहरुलाई अनुपस्थीत भएका कारण देशनिकालाको आदेश दिइन्छ । तर अदालतमा उपस्थीत हुने क्रममा आइसका एजेन्टहरु अदालतका भवनमा देखिदा आप्रवासीहरुलाई सुनुवाईमा उपस्थित हुनबाट हतोत्साहित गरिरहेको छ । आप्रवासीहरुमा पक्राउ पर्न सक्ने डरले अदालतको सुनुवाईमा नजाँदा त्यसले मुद्दाहरुमा झन् नकारात्मक असर पर्नसक्छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School