अमेरिकामा आप्रवासन अधिकारी घरमा आएपछि कागजात लिन जाँदा कुकुरले टोक्यो, घिसारेरै पक्राउ



प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

अमेरिकामा आप्रवासन अधिकारी घरमा आएपछि कागजात लिन जाँदा कुकुरले टोक्यो, घिसारेरै पक्राउ

अमेरिकामा आप्रवासन अधिकारीहरूले घिसारेर पक्राउ गरेका व्यक्तिलाई रिहा गर्न सिनेटरले माग गरेकी छन्। वासिङ्टन राज्यका एक व्यक्तिलाई कस्टम्स एन्ड बर्डर पेट्रोल (सीबीपी) का एजेन्टहरूले घिसारेर नियन्त्रणमा लिएको ती सिनेटरले दाबी गरेकी छन्।

ती व्यक्तिलाई गस्ती कुकुरले समेत आक्रमण गरेको बताउँदै सिनेटर प्याटी मरेले उनको रिहाइको माग गरेकी हुन्। सिनेटर मरेका अनुसार पक्राउ गरिएका ती व्यक्ति विल्मर टोलेडो–मार्टिनेज हुन्।

मरेले सामाजिक सञ्जालमा टोलेडो–मार्टिनेजको शरीर—हात, ढाडमा रगताम्य घाउहरू भएका तस्बिरहरू पनि सार्वजनिक गरेकी छन्।

वासिङ्टनको भ्यानकुभरमा भएको यो घटना ट्रम्प प्रशासनको देशव्यापी आप्रवासन कडाइ अभियानसँग जोडिएको छ।

भिडियोमा टोलेडो–मार्टिनेजकी श्रीमतीले कुकुरको आक्रमणपछि खिचेको दृश्य देखिन्छ, जहाँ एक एजेन्टले उनलाई ‘तिमी नहटे फेरि टोक्छ’ भन्दै धम्क्याएको देखिन्छ। वकिल ओलिया कतालाका अनुसार बिना वारेन्ट उनलाई गिरफ्तार गरिएको हो। टोलेडो–मार्टिनेज मेक्सिकोबाट आएका हुन्।

आफ्नो बच्चालाई विद्यालय छोडेर घर फर्किंदा ढोका ढकढकाएको आवाज सुनेका थिए। ढोका खोल्दा पहेँलो ज्याकेट लगाएको एक व्यक्तिले उनको कार आफूले ठोक्काएको दाबी गरेपछि उनी बाहिर निस्किएको उनकी वकिल ओलिया कताला बताउँछिन्।

बाहिर निस्किएपछि ती व्यक्तिले नाम सोध्यो। टोलेडो–मार्टिनेजले आफू भित्र परिचय पत्र र बीमा कागजात लिन जाँदैछु भनेपछि उनलाई कुकुरले आक्रमण गरेको ती वकिलले बताएकी छन्। यी सबै घटनाक्रमपछि मात्रै मार्टिनेजले आफूहरूसँग कुरा गर्ने र कुकुर साथमै लिएर आएका व्यक्तिहरू सङ्घीय आप्रवासन एजेन्टहरू भएको थाहा पाएको बताएका छन्।

डीएचएसले २८ वर्षीय टोलेडो–मार्टिनेजले पक्राउ गर्न खोज्दा प्रतिरोध गरेर भाग्न खोजेको बताएको छ।

डीएचएसका अनुसार उनी कागजातविहीन थिए। उनी पहिले लोडेड हतियार राखेको आरोपमा पक्राउ समेत परेका थिए।

तर उनका वकिल कतालाले यीमध्ये दुई मुद्दा खारेज भइसकेका छन् र बाँकी दुई पनि खारेजीको प्रक्रियामा रहेको बताएकी छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment