अमेरिकामा अर्को विमान दुर्घटना, आमाछोरीसहित ६ जनाको ज्यान गयो



प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

अमेरिकाको फिलाडेल्फियामा भएको विमान दुर्घटनामा सबै ६ जनाको मृत्यु भएको छ । मेडिकल सामान ढुवानीको लागि उडान भरेको विमान उडेको केहि समयभित्रै दुर्घटनामा परेको थियो ।

मानिसहरुको आवतजावत भइरहेको बेला विमान दुर्घटना भएपछि जमिनमा रहेका केहि व्यक्तिहरुपनि घाइते भएका छन ।

विमानमा ६ जना सवार थिए । ४ जना चालक दलका सदस्य दुई जना आमा छोरीको ज्यान गएको हो ।

विमानमा उडान भर्दा वित्तिकै आगलागी भएको थियो । मृतक सबै मेक्सिकोका नागरिक हुन । विमान मिसोरी जाँदै थियो ।

टेम्पल युनिभर्सिटी अस्पताल जीन्सका प्रवक्ताले दुर्घटनामा जमिनमा घाइते भएका छ जना व्यक्तिहरूको उपचार गरिएको बताएका छन ।

दुर्घटना रोसवेल्ट महल नजिकै भएको थियो । जुन तीन तलाको एक शपिंग सेन्टर पनि हो । उक्त क्षेत्र फिलाडेल्फियाको घना जनसंख्याको क्षेत्रमा पर्छ। त्यो क्षेत्र घर र पसलहरूले भरिएको छ।

दुई दिन अघि वाशिंगटन डीसीमा भएको ठूलो हवाई दुर्घटनामा ६७ जना व्यक्तिहरूको मृत्यु भएको थियो । यो अमेरिकामा पछिल्लो २० वर्षमा भएको सबैभन्दा घातक विमान दुर्घटना थियो।





Source link

Leave a Comment