अमेरिकामा अभिनेता पेरीलाई ओभरडोज औषधि दिएको अभियोगमा चिकित्सकलाई जेल सजाय



प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार

अमेरिकामा अभिनेता पेरीलाई ओभरडोज औषधि दिएको अभियोगमा चिकित्सकलाई जेल सजाय

अमेरिकामा बिरामीलाई ओभरडोज औषधि प्रदान गरेको अभियोगमा एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ।

लोकप्रिय ‘फ्रेन्ड्स’ स्टार म्याथ्यु पेरीलाई केटामिन औषधि उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियाका चिकित्सक साल्भाडोर प्लासेन्सियालाई ३० महिनाको संघीय जेल सजाय तोकिएको छ। अभिनेता पेरीको ओभरडोज औषधिका कारण मृत्यु भएको थियो। पेरीको मृत्यु प्रकरणमा सजाय पाउने प्लासेन्सिया पहिलो व्यक्ति बनेका छन्।

प्लासेन्सिया पाँच जनाको चिकित्सक समूहमध्ये एक हुन्। पेरीले भूमिगत सञ्जालमार्फत कसरी केटामिन प्राप्त गरे भन्नेबारेको संघीय अनुसन्धानपछि उनीमाथि आरोप लगाइएको थियो।

केटामिन एउटा बेहोस पार्ने औषधि हो। मानिस र जनावर दुवैमा शल्यक्रिया वा उपचारको बेला यसको प्रयोग गरिन्छ। यो औषधिले तीव्र गतिमा प्रभाव पार्ने भएकाले आकस्मिक उपचारमा पनि उपयोगी मानिन्छ। गहिरो पीडा कम गर्नका साथै गम्भीर डिप्रेसन र अन्य मानसिक अवस्थाको उपचारमा कडा चिकित्सकीय निगरानीमा मात्र यसको प्रयोग गर्न अनुमति दिइन्छ।

अमेरिकामा अभिनेता पेरीलाई ओभरडोज औषधि दिएको अभियोगमा चिकित्सकलाई जेल सजाय

५४ वर्षीय पेरी वर्षौंदेखि डिप्रेसन र लतसँग संघर्ष गरिरहेका थिए। उनी सन् २०२३ मा लस एन्जलसमा रहेको आफ्नै निवासमा मृत फेला परेका थिए।

पेरीको परिवारले प्लासेन्सियालाई “सबैभन्दा दोषी” भन्दै कडा सजायको माग गरेको थियो। परिवारले अदालतमा चिकित्सकले लगातार रूपमा पेरीलाई लागूपदार्थ उपलब्ध गराएको विषय बुझ्न कठिन भएको बताए।

पेरीकी आमासहित परिवारका धेरै सदस्यले सजाय सुनाउनुअघि अदालतमा बयान दिएका थिए। अदालतको अभिलेखमा समावेश भएका प्लासेन्सियाका टेक्स्ट सन्देशहरू उल्लेख गर्दै, उनले पेरीलाई “मुर्ख” भनेको र कति पैसा दिने होला भनेर सोधेको विषयमा आमाले आक्रोश व्यक्त गरिन्।

अदालतमा बयान दिँदै प्लासेन्सियाले पनि पेरीको परिवारसमक्ष माफी मागे। उनले आफ्नो दुई वर्षको छोरा रहेको बताउँदै, “म उसलाई ठीकसँग हुर्काउन चाहन्छु। एक दिन उसलाई यो सबै कसरी बताउने भनेर म धेरै सोचिरहेको छु,” भने।

न्यायाधीश शेरिलिन पिस गार्नेटले जेल सजायसँगै ५,६०० डलर जरिवाना पनि तोकेका छन्। फैसला सुनाएपछि उनलाई तत्काल संघीय हिरासतमा लिइएको छ।

प्लासेन्सियाले यसै वर्षको गर्मीयाममा केटामिन वितरणका चार मुद्दामा दोष स्वीकार गरेका थिए। यी आरोपमा अधिकतम ४० वर्षसम्म जेल सजाय हुन सक्थ्यो, तर अभियोजकहरूले तीन वर्षको सजाय माग गरेका थिए।

यस मुद्दामा संलग्न अन्य चार व्यक्ति—अर्का एक चिकित्सक, पेरीका सहायक, र घातक मात्रामा केटामिन उपलब्ध गराउने दुई व्यक्तिले पनि आफ्नो गल्ती स्वीकार गरिसकेका छन्। उनीहरूको सजाय आगामी महिनाहरूमा तोकिने छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment