प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार

अमेरिकाको मिशिगन विश्वविद्यालयले आफ्ना मुख्य फुटबल प्रशिक्षकलाई बर्खास्त गरेको छ।
मिशिगन विश्वविद्यालयले मुख्य फुटबल प्रशिक्षक शेरोन मूरलाई “कर्मचारीसँग अनुचित सम्बन्धमा संलग्न भएको आरोप लगाउँदै” पदमुक्त गरेको घोषणा गरेको हो।
विश्वविद्यालयले जारी गरेको वक्तव्यमा आन्तरिक अनुसन्धानपछि प्रशिक्षक मूरले एकजना स्टाफ सदस्यसँग अनुचित सम्बन्ध कायम गरेको विश्वसनीय प्रमाण भेटिएको उल्लेख गरेको छ।
“यो आचरणले विश्वविद्यालयको नीतिलाई स्पष्ट रूपमा उल्लङ्घन गर्छ, र यस्ता व्यवहारप्रति विश्वविद्यालयको शून्य सहनशीलता छ,” वक्तव्यमा उल्लेख छ।
मूर २०२४ मा जिम हारबफका उत्तराधिकारीका रूपमा मिशिगन वल्भरिन्सका मुख्य प्रशिक्षक बनेका थिए। उनी इतिहासमा पहिलो अश्वेत मुख्य प्रशिक्षक बनेका थिए। तर उनका लागि यात्रा भने सामान्य कहिल्यै पनि रहेन।
२०२३ मा हारबफलाई दुईपटक निलम्बन गरिएपछि मूरले कार्यवाहक मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी लिएका थिए।
उनले पेन स्टेट, मेरिल्यान्ड तथा नम्बर २ ओहायो स्टेटविरुद्ध नाटकीय जित दिलाउँदै तीनै खेलमा टोलीलाई विजय दिलाए।
पोस्ट–सिजनमा हारबफ फिर्ता आएपछि मूर अफेन्सीभ कोअर्डिनेटरका रूपमा फर्किएका थिए। उनले मिसिगनलाई राष्ट्रिय उपाधि जिताउन सहयोग गरे।
कलेज फुटबलमा प्रशिक्षकहरूको ‘क्यारोसेल’ (एकपछि अर्को परिवर्तन) बाट गुज्रिरहेको बेला उनको बर्खास्तीको घोषणा भएको हो।
मूरको नेतृत्वमा वल्भरिन्सले यो सिजन ९–३ को रेकर्ड बनाएको थियो।
नयाँ प्रशिक्षक नियुक्त नहुँदै, मिशिगनले नयाँ वर्षको अघिल्लो दिन टेक्सास विश्वविद्यालयसँग सिट्रस बाउल खेल्ने तयारी गरिरहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्