अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर



प्रकाशित मिति : भाद्र २९, २०८२ सोमबार

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर छ । अक्टोबरमा युएससीआइएसले ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकार गर्नका लागि भिसा बुलेटिनको फाइलिङ मितिलाई नै प्रयोग गर्ने भएको छ । फेबु्रअरीदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेट प्रयोग गर्दै आएकोमा अक्टोबरमा फाइलिङ मिति प्रयोग गर्ने भएको हो ।

अब अमेरिकाभित्र हुनेहरुले रोजगारमा आधारित दोश्रो श्रेणीका सन्दर्भमा १५ जुलाई २०२४ भन्दा अगाडि आई १४० आवेदन दिएकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् भने तेश्रो श्रेणीका सन्दर्भमा अमेरिकाभित्र हुनेहरुले १ जुलाई २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । तेश्रो श्रेणी अनस्कील्डका सन्दर्भमा भने यो मिति १ डिसेम्बर २०२१ रहेको छ ।

त्यस्तै रोजगारमा आधारित चौथो श्रेणीका ग्रिनकार्ड आवेदकका सन्दर्भमा यो मिति १५ फेब्रुअरी २०२१ रहेको छ । चौथो श्रेणीको धार्मिक कामदारका लागि अक्टोबरमा भिसा अनुपलब्ध रहेको छ भने पहिलो र पाँचौं श्रेणी करेन्ट रहेको छ । पहिलो श्रेणीमा अक्टोबरमा पनि आवेदकले आई १४० आवेदनका साथमा नै ग्रिनकार्ड आवेदन दिन पाउनेछन् ।

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर

अमेरिकाभित्रै हुनेहरुले भिसा करेन्ट भइसकेपछि आई ४८५ फाइल गर्न पाएको खण्डमा सामान्यतया अध्यागमन स्टाटस जोगाउने झन्झट हुदैन । तर आई ४८५ अस्वीकृत भएमा भने कतिपयको सन्दर्भमा अन्य गैर आप्रवासी स्टाटस कायम नहुँदा देशनिकालाको प्रकृयामा पर्नसक्ने भएकाले आफ्नो आवेदनबारे निर्णय गर्नु अगाढि लाइसेन्सप्राप्त कानुन व्यवसायीको सल्लाह लिनु आवश्यक छ ।

सेप्टेम्बरमा विदेश मन्त्रालयले रोजगारमा आधारित पहिलो र दोस्रो श्रेणीका लागि उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको बताएपछि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूले तत्काल यी भिसा जारी गर्न बन्द गरेपनि अब अक्टोबरदेखि भने पुनः यी दुबै श्रेणीमा भिसा जारी हुन थाल्नेछ ।

चौथो श्रेणीको विशेष आप्रवासीहरूका लागि ग्रीनकार्डको वार्षिक सीमा चालु आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको थियो । अब अक्टोबरदेखि यो श्रेणी पनि उपलब्ध हुने भएको छ ।





Source link

Leave a Comment