अमेरिकाबाट ३७ नेपाली बोकेको देशनिकालाको विमान काठमाडौंमा अवतरण, अहिलेसम्मकै धेरै



प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकाबाट ३७ नेपाली बोकेको देशनिकालाको विमान काठमाडौंमा अवतरण, अहिलेसम्मकै धेरै

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली नागरिक बोकेको चार्टर्ड विमान आइतबार काठमाडौं अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार उक्त चार्टर्ड विमान आइतबार राति करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान आइतबार दिउँसो ४ बजे काठमाडौंमा अवतरण हुने भनिएपछि ५ घण्टा ढिला भएको हो ।

अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार अमेरिकाबाट डिपोर्ट हुनेहरूमा ३२ पुरुष र ५ महिला रहेका छन् । सुरुमा ४८ जना नेपाली डिपोर्ट हुने भनिएपनि केही व्यक्तिको यात्रा रोकिएपछि ४२ जना नेपाली डिपार्ट हुन लागेको अध्यागमन कार्यालयले जानकारी प्राप्त गरेको थियो । ४२ जना नेपालीहरुमा पनि केहीको यात्रा रोकिएपछि अन्तिममा ३७ जना नेपाली काठमाडौं उत्रिएका हुन् ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) को चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका नेपाली नागरिकहरू अमेरिकामा बस्नका लागि कानुनी आधार नभएका हुन् । ओम्नी एयरलायन्सको ‘ओवाई ३१४६’ उडानबाट उनीहरूलाई बङ्गलादेशको ढाका हुँदै नेपाल फर्काइएको हो ।

अमेरिकाबाट ३७ नेपाली बोकेको देशनिकालाको विमान काठमाडौंमा अवतरण, अहिलेसम्मकै धेरै

अमेरिकाबाट ३७ नेपाली बोकेको देशनिकालाको विमान काठमाडौंमा अवतरण, अहिलेसम्मकै धेरै

सूचना अधिकारी न्यौपानेका अनुसार डिपोर्ट भएकाहरूलाई नियमित प्रक्रिया पूरा गरी मानव बेचबिखन नियन्त्रण ब्युरोलाई जिम्मा लगाइएको छ । यति धेरै सङ्ख्यामा नेपालीहरूलाई अमेरिकाबाट एकै पटक चार्टड विमानमार्फत डिपोर्ट गरिएको यो पहिलो पटक हो ।

उनीहरूमध्ये ठुलो सङ्ख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरूको समेत रहेको जनाइएको छ ।

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो। अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो।

एयरपोर्ट अध्यागमनका अनुसार मे महिनामा डिपोर्ट गरिएकाहरू सबै पुरुष रहेका थिए । ट्रम्प प्रशासन सुरु भइसकेपछि सन् २०२५ को जनवरी २० देखि मेसम्म अमेरिकाले कुल १४० जना नेपालीलाई नेपालमा डिपोर्ट गरेको छ। थप २ जना पानामा देशनिकाला भएका थिए।

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ। अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए।

अमेरिकाबाट ३७ नेपाली बोकेको देशनिकालाको विमान काठमाडौंमा अवतरण, अहिलेसम्मकै धेरै

जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए।

अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि आप्रवासन ब्यूरोमा सामान्य सोधपुछपछि छोड्ने गरिएको छ। यी व्यक्तिहरूले मानव तस्करहरूको सहयोगमा अमेरिका प्रवेश गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान हुने गरेको छ।

अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ। डिपोर्ट गरिएका नेपालीहरू अधिकांश मेक्सिको हुँदै अमेरिका प्रवेश गरेकाहरू रहेका छन्, जसले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेका छन्। त्यसमा मानव तस्करीका गिरोहहरूको संलग्नता रहेको छ। यो विषयमा गम्भीर अनुसन्धान भने हुन सकेको छैन।

सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झन्डै तीन गुणा बढी रहेको छ।

सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।





Source link

Leave a Comment