अमेरिकाबाट ११२ जना कागजातविहीन भारतीय आप्रवासी सैन्य विमानमार्फत स्वदेश फर्काइए



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

एक सय १२ जना कागजातविहीन भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा कागजातविहीन आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट कागजातविहीन भारतीय आप्रवासीहरूलाई स्वदेश फर्काइएको हो ।

अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो ।

अमेरिकाबाट ११२ जना कागजातविहीन भारतीय आप्रवासी सैन्य विमानमार्फत स्वदेश फर्काइए

आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।

शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।

दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हाले लगत्तै ट्रम्पले कागजातविहीन आप्रवासीहरूविरुद्ध व्यापक कारबाही सुरु गरेका छन् ।

गत हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताएका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School