अमेरिकाबाट पनामा डिपोर्ट हुने ११९ जनामा ३ जना नेपाली



प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

अमेरिकाबाट पनामा डिपोर्ट हुने ११९ जनामा ३ जना नेपाली

अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेकोमा त्यसमा ३ जना नेपालीहरु रहेको खुलासा भएको छ । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार उनीहरुलाई पनामा डिपोर्ट गरिएको हो ।

पनामाको विदेश मन्त्रालयका अनुसार ११९ जनामा सबैभन्दा धेरै भारतका ३५, चीनका ३३, उज्वेकिस्तानका १९, इरानका १२, भियतनामका ९, नेपालका ३, टर्कीका ३, अफगानिस्तानका २, पाकिस्तानका २ र श्रीलंकाका १ जना रहेका छन् । केही नाबालिगहरू आमाबाबुसँग यात्रा गरिरहेका थिए। देशनिकालामा परेकामध्ये ८२ पुरुष र ३७ महिला थिए ।

अमेरिकाबाट पनामाका लागि गरिएको आप्रवासीको पहिलो उडानमा अफगानिस्तान, चीन, भारत, इरान, नेपाल, पाकिस्तान, श्रीलंका, टर्की, उजबेकिस्तान र भियतनामका मानिसहरू रहेको र अरू दुई उडान पनि चाँडै अवतरण गर्ने पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बताएका छन् । आगामी उडानमा नेपाली हुने नहुने केही खुलेको छैन ।

अमेरिकाबाट पनामा डिपोर्ट हुने ११९ जनामा ३ जना नेपाली

कुल मिलाएर अमेरिकाले तीन उडानमा ३६० जना आप्रवासीहरूलाई पनामा पठाउनेछ। त्यसमा कतिजना नेपालीहरु हुनेछन् भन्ने प्रष्ट छैन । देशनिकाला गरिएका व्यक्तिहरूलाई डेरियन नजिकैको आश्रय स्थलमा स्थानान्तरण गरिनेछ । जुन मध्य अमेरिकालाई दक्षिण अमेरिकासँग जोड्ने जंगली इलाका हो । अनगिन्ती आप्रवासीहरूले यसलाई पार गर्दै अमेरिकामा प्रवेश गर्ने प्रयास गर्छन्।

यस महिनाको शुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको वार्तामा मुलिनोले पनामा नहरको सार्वभौमित्वमा कुनै बहस नगर्ने कुरा जोड दिएका थिए । पनामा र अमेरिकाबीचको द्विपक्षीय सहकार्यको कारणले जनवरी महिनामा डेरियनबाट क्रस गर्ने आप्रवासीहरूको प्रवाह अघिल्लो वर्षको सोही महिनासँगको तुलना गर्दा ९० प्रतिशत ले घटेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School