अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, मेक्सिको हुँदै छिर्नेदेखि विद्यार्थी र पर्यटक भिसामा गएकासम्म



प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, मेक्सिको हुँदै छिर्नेदेखि विद्यार्थी र पर्यटक भिसामा गएकासम्म

अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्डर्ट विमानमार्फत स्वदेश फर्काएको हो । 

डिपोर्ट भएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो । ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेको थियो । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसार डिपोर्ट भएकाहरू दाङ, रुकुम लगायतका जिल्लाका छन् । ब्यूरो स्रोतका अनुसार  दाङका मात्रै १६ जना रहेको पाइएको छ । उनीहरूमध्ये अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेका छन् । अमेरिकाबाट डिपोर्ट हुने ३५ जनाहरूमा एक जना विद्यार्थी भिसामा अमेरिका गएका रहेका छन् भने एक जना पर्यटक भिसामा अमेरिका पुगेको पाइएको छ । उनीहरूमध्ये अहिलेसम्म कसैले पनि उजुरी भने दिएका छैनन् । 

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए । 

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, मेक्सिको हुँदै छिर्नेदेखि विद्यार्थी र पर्यटक भिसामा गएकासम्म

गत जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो । त्यस्तै, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भएका थिए ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment