अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासीमाथि एल साल्भाडोरले ‘अत्याचार’ गरेको भेनेजुएलाको आरोप



प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार


अमेरिकाबाट डिपोर्ट भई एल साल्भाडोरको जेलमा राखिएका भेनेजुएलाली आप्रवासीमाथि ‘अत्याचार’ भएको भेनेजुएलाले आरोप लगाएको छ ।

एल साल्भाडोरको बदनाम जेलमा राखिएका भेनेजुएलाली आप्रवासीहरूमाथि गम्भीर मानव अधिकार उल्लङ्घन भएको आरोपमा भेनेजुएलाले औपचारिक छानबिन सुरु गर्ने घोषणा गरेको हो ।

मार्च महिनादेखि एल साल्भाडोरमा थुनिएका २५० भन्दा बढी भेनेजुएलालीहरूलाई राजधानी काराकास नजिकै पुनः देश फिर्ता गरिएको थियो ।

अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासीमाथि एल साल्भाडोरले ‘अत्याचार’ गरेको भेनेजुएलाको आरोप

अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासीमाथि एल साल्भाडोरले ‘अत्याचार’ गरेको भेनेजुएलाको आरोप

उनीहरूलाई अमेरिकाबाट निर्वासित गरिएपछि एल साल्भाडोरले पक्राउ गरी जेलमा राखिएको थियो ।

भेनेजुएलाका महान्यायाधिवक्ता टारेक विलियम साबले जेलभित्र यौन दुर्व्यवहार, कुटपिट, र कुहिएको खाना दिने जस्ता संगठित यातनाहरु दिइएको दाबी गरेका छन ।

साबले थुनुवा व्यक्तिहरूको शरीरमा निलो दाग, टुटेका दाँतजस्ता चोटहरू देखिने तस्बिर र बयानहरू सार्वजनिक गरेका छन् ।

महान्यायाधिवक्ता साबले एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले, न्यायमन्त्री गुस्ताभो भिल्लातोरो, र जेल प्रमुख ओसिरिस लुना मेजालाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन्।

साथै उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद र अमेरिकी क्षेत्रका सम्बन्धित संस्थाहरूलाई पनि छानबिन गर्न आग्रह गरेका छन्।

अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासीमाथि एल साल्भाडोरले ‘अत्याचार’ गरेको भेनेजुएलाको आरोप

भेनेजुएला आफैं पनि हाल हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा थुनामा यातना र कानुनी प्रतिनिधित्व नदिएको आरोपमा छानबिनको सामना गरिरहेको छ ।

थुनामा रहेका भेनेजुएलालीहरूलाई अमेरिकाको सन् १७९८ को एलियन इमिनिज एक्ट अन्तर्गत निर्वासित गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई ‘शत्रु राष्ट्र’ का नागरिकहरूलाई सामान्य कानुनी प्रक्रियाविना पनि थुनिन वा देशनिकाला गर्न यो कानूनले अधिकार दिन्छ।

अमेरिकाले उनीहरूलाई ग्याङ सदस्य रहेको आरोप लगाएको थियो । तर पीडितका आफन्त र वकिलहरूले भने यो आरोपलाई अस्वीकार गरेका छन् ।

थुनामा राखिएका उनीहरूलाई जुलाईको मध्यतिर एल साल्भाडोरले मुक्त गरेको थियो । बदलामा भेनेजुएलामा थुनामा रहेका अमेरिकी नागरिकहरूलाई छोडिएको थियो । अमेरिकाले भेनेजुएलामाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाइरहेको छ ।





Source link

Leave a Comment