अमेरिकाबाट उडेको डेल्टाको यात्रुवाहक विमान टोरन्टो विमानस्थलमा दुर्घटना, कम्तीमा ९ जना घाइते



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

A large jetliner sitting on top of an airport tarmac

सोमवार अमेरिकाको मिनेपोलिसबाट उडेको डेल्टा एयरको यात्रुवाहक विमान क्यानडाको पिअर्सन विमानस्थलमा अवतरण गर्दा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ ।

विमान दुर्घटना भएर विमानस्थलमा उत्तानो परेको थियो । डेल्टा फ्लाइट ४८१९ स्थानीय समय अनुशार अपराह्न २ बजेर ४५ बजे अवतरण गर्दै गर्दा दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय विमानन प्रशासनका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। उक्त दुर्घटना हुँदा शक्तिशाली हावा र हिमपातको रिपोर्ट गरिएको थियो।

विमानमा रहेका ८० यात्रुहरूलाई सबैलाई निकालिएको अधिकारीहरूले बताएका छन् । घाइतेहरूको पूर्ण विवरण अझै अस्पष्ट रहेको छ। घाइतेलाई हवाई मार्गबाट ट्रमा सेन्टरमा लगिएको छ।

अमेरिकाबाट उडेको डेल्टाको यात्रुवाहक विमान टोरन्टो विमानस्थलमा दुर्घटना, कम्तीमा ९ जना घाइते

डेल्टा एयरलाइन्सले दुर्घटनाका बारेमा जानकारी प्राप्त भएको बताएको छ । क्यानाडाको यातायात सुरक्षा बोर्डले अनुसन्धानको नेतृत्व गर्ने अधिकारीहरूले बताएका छन् ।

संघीय विमान प्रशासनले दुर्घटनापछि विमानस्थलमा उडान अवतरण रोक लगाउने आदेश जारी गरेको थियो। क्यानाडाकी यातायात मन्त्री अनिता आनन्दले गम्भीर घटनालाई नजिकबाट अनुगमन गरिरहेको बताएकी छिन् ।

क्यानाडाको वातावरण सेवाका अनुसार दुर्घटनाको समय पश्चिमबाट २९ माइल प्रति घण्टाको गतिमा हावा चलिरहेको थियो । हिमपातको रिपोर्ट गरिएको थियो। टोरन्टोमा सोमबार तापक्रम केवल २० डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको थियो।

अमेरिकाबाट उडेको डेल्टाको यात्रुवाहक विमान टोरन्टो विमानस्थलमा दुर्घटना, कम्तीमा ९ जना घाइते

विमानस्थलले यसअघि हवाई कम्पनीहरूले पछिल्लो हिमआँधी पछि उडान पुनःसंचालन गरिरहेकाले व्यवस्ता रहेको बताएको थियो । हिमआँधीका कारण ८ इन्चसम्म हिमपात भएको थियो ।

यो उडान डेल्टाको सहायक कम्पनी, एन्डेवर एयरले सञ्चालन गरेको थियो, जुन सामान्यतया छोटो मार्गमा साना विमान चलाउँछ। एन्डेवरको बेडामा लगभग १२० वटा बमबार्डिएर सीआरजे ९०० एस विमान छन्, जुन विमान सोमबारको दुर्घटनामा संलग्न थियो। ती विमानहरूमा ७० वा ७६ सीटहरू छन्।

यो विमान लगभग १६ वर्ष पुरानो थियो । नियमित मर्मत गर्दा यस्ता यात्री जेट विमानहरू प्रायः दुईदेखि तीन दशकसम्म सञ्चालनमा रहन्छन्। संसारभरि ३८० भन्दा बढी यस्ता विमानहरू एयरलाइन्सहरूले प्रयोग गरिरहेका छन्। दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यो विमानको सुरक्षा रेकर्ड बलियो रहेको सिरियम डाटाले जनाएको छ।

डेल्टाको विमान उल्टिएपछि हवाई यातायात नियन्त्रकले अर्को उडानलाई आपतकालीन अवस्थाबारे चेतावनी दिएको थियो ।

कभर तस्वीर सांकेतिक मात्र हो ।





Source link

Leave a Comment