अमेरिकाद्वारा कोलम्बियालाई दिइँदै आएको अनुदान बन्द गर्ने घोषणा



प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार

अमेरिकाद्वारा कोलम्बियालाई दिइँदै आएको अनुदान बन्द गर्ने घोषणा

अमेरिकाले कोलम्बियालाई दिँदै आएको सहायता र अनुदान बन्द गर्ने घोषणा गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिइँदै आएका सबै प्रकारका अमेरिकी भुक्तानी र अनुदान समाप्त गर्ने घोषणा गरेका हुन्।

यो निर्णयले ट्रम्प र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोबीचको कूटनीतिक तनावलाई अझ तीव्र बनाएको छ।

अमेरिकाद्वारा कोलम्बियालाई दिइँदै आएको अनुदान बन्द गर्ने घोषणा

अमेरिकाद्वारा कोलम्बियालाई दिइँदै आएको अनुदान बन्द गर्ने घोषणा

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै पेत्रोले आफ्नो देशमा लागूपदार्थको उत्पादन रोक्न केही पनि नगरेको बताएका छन्। उनले अमेरिकाबाट प्राप्त ठूलो रकम र अनुदान केवल दीर्घकालीन रूपमा पेत्रोले ठगी गरेको आरोप लगाए।

भुक्तानीहरू वा कुनै पनि प्रकारका अनुदान कोलम्बियालाई अब प्रदान नगरिने ट्रम्पले प्रस्ट पारेका छन्।

दुई देशका नेताहरूबीच पछिल्ला महिनाहरूमा आप्रवासन र लागूपदार्थ कारोबारका विषयमा विवाद चल्दै आएको छ। विशेषगरी, अमेरिकाले क्यारिबियन क्षेत्रमा लागूपदार्थ तस्करीमा संलग्न भनिएका डुङ्गाहरूमा आक्रमण गरिरहेको बेला यो आर्थिक निर्णयले सम्बन्धमा थप तनाव ल्याएको छ।

अमेरिकी विदेश मन्त्रालयका तथ्याङ्कअनुसार, चालू आर्थिक वर्षमा अमेरिकाले कोलम्बियालाई करिब २१० मिलियन डलर सहयोग गरेको छ। जसमा करिब ३१ मिलियन डलर कृषि सहायता रहेको छ। ट्रम्पले कुन सहयोगका बारेमा उल्लेख गरिरहेका थिए भन्ने स्पष्ट छैन।

तर अमेरिका कोलम्बियाको सुरक्षाका लागि सबैभन्दा ठूलो सहयोगकर्ता हो, जसले विगतमा वार्षिक रूपमा अर्बौं डलर सहयोग गरेको छ।

अमेरिकाद्वारा कोलम्बियालाई दिइँदै आएको अनुदान बन्द गर्ने घोषणा

ट्रम्पले लागूपदार्थ उत्पादन हुने स्थानहरू “बन्द गर्नुपर्छ, अन्यथा अमेरिकाले ती आफैँ बन्द गर्नेछ, र यो नरम तरिकाले हुने छैन” भन्दै चेतावनी दिएका छन्।

गत महिना ट्रम्प प्रशासनले कोलम्बियाले लागूपदार्थ नियन्त्रणमा आफ्नो दायित्व पूरा गर्न “स्पष्ट रूपमा असफल” भएको घोषणा गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको लागूपदार्थ तथा अपराध कार्यालयका अनुसार कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकेन उत्पादक देश हो, जसले विश्व उत्पादनको दुई तिहाइ भाग पूर्ति गर्छ।

ट्रम्प र पेत्रोबीच लामो समयदेखि आरोप–प्रत्यारोप चल्दै आएको छ। पछिल्लो समयमा पेत्रोले अमेरिकामाथि क्यारिबियनमा अमेरिकी आक्रमणका क्रममा निर्दोष कोलम्बियाली नागरिकको हत्या गरेको आरोप लगाएपछि विवाद झनै बढेको थियो। त्यसपछि, ट्रम्प प्रशासनले पेत्रोको भिसा रद्द गरेको थियो।

अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी सेनाले “लागूपदार्थ बोकेको” भनेर आशङ्का गरिएको एक डुङ्गामा आक्रमण गरेको बताएका छन्। उक्त डुङ्गा कोलम्बियाको एक आतङ्कवादी सङ्गठनसँग सम्बन्धित रहेको अमेरिकाको दाबी छ। डुङ्गामा रहेका तीनै जना मारिएको युद्धमन्त्रीले बताए।





Source link

Leave a Comment