अमेरिकाद्वारा इरानमाथि हमला, तीन परमाणु केन्द्रमा बम खसालियो



प्रकाशित मिति : असार ७, २०८२ शनिबार


अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा हमला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रमा हमला गरिएको घोषणा गरेका हुन ।
राष्ट्रपति ट्रम्पले ती हमला फोर्दो, नतांज र इस्फहानमा गरिएको बताएका छन ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा लेख्दै भने, ‘हामीले फोर्दो, नतांज र इस्फहानलगायत इरानका तीनवटा परमाणु केन्द्रहरुमा सफलतापूर्वक हमला गरेका छौं । हमलामा सम्लग्न सबै विमानहरू अहिले इरानको हवाई क्षेत्र भन्दा बाहिर रहेका छन ।’

उनी अगाडि लेख्छन्, ‘फोर्दोमा सबै बम खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिकामा फर्किरहेका छन् । हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई । संसारमा अरू कुनै पनि सेना यस्तो गर्न सक्दैन । अब शान्तिको समय हो।’

अमेरिकाद्वारा इरानमाथि हमला, तीन परमाणु केन्द्रमा बम खसालियो

अमेरिकाद्वारा इरानमाथि हमला, तीन परमाणु केन्द्रमा बम खसालियो

राष्ट्रपतिको भनाइ अनुसार, इरानमा सम्पन्न सैन्य अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने तयारी उनले गरिरहेका छन । अमेरिकी अधिकारीहरूले बताएअनुसार यो हमलामा बी-२ स्टेल्थ बमवर्षक विमानहरूको प्रयोग गरिएको थियो ।

यसअघि अमेरिकाले युएस बी-२ स्टेल्थ बमवर्षकहरूलाई गुआम टापुमा तैनाथ गरेको खबर बाहिरिएको थियो । इजरायली अधिकारीले हमलाको क्रममा अमेरिका र इजरायलबीच पूर्ण समन्वय भएको दाबी गरेका छन् ।

इरानको सरकारी टेलिभिजन च्यानलका डिप्टी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले परमाणु केन्द्रहरू पहिले नै खाली गरिसकिएको दावी गरेका छन ।

https://www.youtube.com/watch?v=videoseries

उनले भने, ‘यदि ट्रम्पले भनेको कुरा सत्य भए पनि इरानलाई कुनै ठूलो क्षति पुगेको छैन, किनभने संवेदनशील पदार्थहरू पहिले नै हटाइएको थियो।’

फोर्दो परमाणु केन्द्रको केही हिस्सा हवाई हमलाको चपेटामा परेको बताइएको छ । यो घटनाले पुनः मध्यपूर्वमा तनावको स्तर बढाउने संकेत दिएको छ । तर आगामी दिनमा परिस्थितिले कुन दिशा लिन्छ भन्ने हेर्न बाँकी छ।

अमेरिकाद्वारा इरानमाथि हमला, तीन परमाणु केन्द्रमा बम खसालियो





Source link

Leave a Comment