अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल



प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तरगत युएससीआइएसले नयाँ एलियन रजिष्ट्रेशन फारमको घोषणा गरेको छ। मार्च १२, २०२५ मा फेडरल रजिस्टरमा प्रकाशित हुने अन्तरिम अन्तिम नियम अनुशार आप्रवासन र राष्ट्रियता ऐन अन्तर्गत दर्ता गर्नुपर्ने व्यक्तिहरूले अब फारम जी ३२५ आर नामको फारम भर्नुपर्नेछ । यो फारम युएससीआईएसको अनलाइन एकाउन्टमा उपलब्ध भइसकेको छ ।

नयाँ नियमले हालको दर्ता प्रणालीका कमजोरीहरू हटाउन मद्दत गर्नेछ। युएससीआईएसले जारी गरेको यो नियम अनुशार अवैध रूपमा प्रवेश गरेका, क्यानाडाबाट घुम्न आएका तर आई ९४ नपाएका, र १४ वर्ष पुगेका बालबालिकाहरूले ३० दिनभित्र दर्ता गर्नुपर्नेछ । १४ वर्षभन्दा माथिका ३० दिनभन्दा बढी अमेरिकामा बस्ने व्यक्तिले दर्ता गर्नुपर्ने र फिंगरप्रिन्ट दिनुपर्ने नियममा उल्लेख छ । कसैले जानाजानी दर्ता नगरे वा फिंगरप्रिन्ट नदिए ५ हजार डलरसम्मको जरिवाना वा ६ महिनाको जेल सजाय, वा दुवै सजाय हुनसक्नेछ ।

दर्ता गर्नका लागि व्यक्तिहरूले माई युएससीआईएस पोर्टलमा खाता खोल्नुपर्नेछ र फारम जी ३२५ भर्नुपर्नेछ। यो फारम हाल निःशुल्क छ । यसलाई बुझाएपछि युएससीआईएसको एप्लिकेसन सपोर्ट सेन्टरमा बायोमेट्रिक्स अपोइन्टमेन्ट प्राप्त हुनेछ। बायोमेट्रिक्स अपोइन्टमेन्टमा व्यक्तिको फिंगरप्रिन्ट, फोटो र हस्ताक्षर लिइनेछ, जसले उनीहरूको पहिचान प्रमाणित गर्न र संघीय अनुसन्धान ब्युरो एफबीआईको आपराधिक इतिहास रेकर्ड जाँच गर्न सहयोग गर्छ।

अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल

अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल

अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल

बायोमेट्रिक्स प्रक्रिया पूरा भएपछि युएससीआईएसले दर्ता प्रमाणपत्र जारी गर्नेछ, जुन व्यक्तिले युएससीआईएसको खाता मार्फत डाउनलोड गर्न सक्नेछन् । १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले यो प्रमाणपत्र सधैं साथमा बोकेर हिँड्नुपर्नेछ । यदि बोकेनन् भने ५ हजार डलर जरिवाना वा ३० दिनको जेल सजाय हुन सक्ने प्रावधान रहेको छ ।

यो नियम लागू भएपछि अवैध रूपमा प्रवेश गरेका, शरणका लागि आवेदन दिएका वा टीपीएस लिएका व्यक्तिहरूका लागि पनि स्पष्ट दर्ता प्रक्रिया हुनेछ। यो नियमबाट आई ९४ जारी नभएका क्यानाडाबाट स्थल मार्ग हुँदै अमेरिका छिर्ने व्यक्तिहरू तिनीहरूलाई पनि प्रभावित हुनेछन् । तर, क्यानडामा जन्मिएका अमेरिकी आदिवासीहरूलाई भने यो नियम लागु हुनेछैन ।

हाललाई फारमको दर्ता र बायोमेट्रिक्स निःशुल्क भए पनिले भविष्यमा फिंगरप्रिन्ट, पृष्ठभूमि जाँच र अन्य सेवाहरूको लागत उठाउन ३० डलरको बायोमेट्रिक्स शुल्क लगाउने युएससीआईएसले प्रस्ताव गरेको छ। यसबारे सार्वजनिक टिप्पणी ३० दिनभित्र पेश गर्न सकिनेछ।

यो नियमले २ दशमलव २ मिलियनदेखि ३ दशमलव २ मिलियन व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्ने युएससीआईएसको अनुमान छ । यो नियम जनवरी २०, २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १४१५९ अनुसार लागू गरेको हो, जसले विदेशी दर्ता नियमको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्छ।

अमेरिकाद्वारा आप्रवासीका लागि नयाँ दर्ता फारम लागू, नभर्नेलाई ५ हजार जरिवाना वा ६ महिना जेल

नयाँ नियम संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि लागू हुनेछ । अर्थात् अप्रिल ११ देखि लागु हुनेछ । सार्वजनिक प्रतिक्रिया र सञ्चालन आवश्यकताका आधारमा थप परिमार्जन गर्न सकिने युएससीआईएसले जनाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School