प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार
अमेरिकाले युक्रेनलाई ७२ करोड डलर भन्दा बढि सहयोग गरेको छ । युक्रेनमा रुसले हमला गरेपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्दै आएको छ ।
सन २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज अमेरिकाले घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग ९पेन्टागन० लाई युक्रेनलाई आफ्नो क्षेत्रिय, स्वतन्त्रता र स्वाधिनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।
सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई हजारौं तोप र थप मिसाइल लगायत महत्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गर्नु भएको छ ।
अमेरिकाले बेलालयले लामो दुरीका मिसायल रुस बिरुद्ध प्रयोग गर्न अनुमति दिएपछि रुसले युक्रेनमा आक्रमणलाई थप बढाएको छ ।
युक्रेनले पनि लामो दुरीका मिसायलमार्फत प्रहार गरिरहेको छ । तर अपेक्षित रुपमा ति मिसायलमार्फत युक्रेनले गरेको आक्रमण प्रभावकारी देखिन सकेको छैन ।
पछिल्लो समयममा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ ।