अमेरिकाको वासिंटन डिसीमा सेनाको हेलिकप्टरसँग ठोक्कियो यात्रुवाहक विमान



प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

a close up of the tail end of an american airlines plane

अमेरिकाको वासिंटन डिसीमा सेनाको हेलिकप्टरसँग यात्रुवाहक विमान ठोक्किएको छ । संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरुका अनुसार ६४ जना बोकेको यात्रुवाहक विमान वाशिंगटन, डीसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग  ठोक्किएको हो ।

हालसम्म कुनै हताहतीको पुष्टि नभएको प्रहरीले जनाएको छ । अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको बताएको छ ।
उडान ५३४३ घटनामा संलग्न भएको अमेरिकन एयरलाइन्सले पुष्टी गरिसकेको छ ।

पीएसएले यो उडान संचालन गरेको जनाइएको छ । यो एक क्षेत्रीय एयरलाइन हो जसले अमेरिकन एयरलाइन्सका तर्फबाट उडानहरू सञ्चालन गर्दछ। उपराष्ट्रपति जेडी भान्सले घटनाबारे सम्बोधन गर्दै राष्ट्रलाई प्रार्थनामा एकजुट हुन आह्वान गरेका छन् । आफ्नो प्रशासनले अवस्थाको निगरानी गरिरहेको उनले बताएका छन् ।

बेलुका ९ बजेपछि डिस्ट्रिक्ट अफ कोलम्बियाको फायर एण्ड इमर्जेन्सी मेडिकल सर्भिस डिपार्टमेन्टले सोसल मिडिया पोष्टमा एउटा सानो विमान एयरपोर्ट नजिकै पोटोमाक नदीमा खसेको बताएको थियो। दमकलले व्यवस्थापन गरेको डुङ्गा घटनास्थलमा रहेको आकस्मिक सेवाले जनाएको छ ।

सेनाका एक अधिकारीका अनुसार हेलिकप्टरमा कुनै पनि उच्च सैनिक अधिकारी थिएनन् । उक्त हेलिकप्टर तीन जनाको चालक दलका साथ उडिरहेको थियो ।

पानीमा बाँचेका कोही पनि व्यक्ति जोखिममा हुनसक्ने जनाइएको छ । वाशिंगटन क्षेत्रमा आज राति तापक्रम जम्ने तापक्रमभन्दा तल झर्ने अपेक्षा गरिएको राष्ट्रिय मौसम सेवाले बताएका छन् । मौसम सेवाका अनुसार चिसो पानीमा आधाघण्टामा हाइपोथर्मिया हुनसक्छ।

अमेरिकाको वासिंटन डिसीमा सेनाको हेलिकप्टरसँग ठोक्कियो यात्रुवाहक विमान

दक्षिणपश्चिम वाशिंगटनको पुलिस डकमा उद्दारका लागि धेरै एम्बुलेन्सहरू राखिएको छ । पोटोमाक नदीको किनारमा फ्ल्यासिङ लाइटहरू देखिएको जनाइएको छ ।

अमेरिकामा व्यवासायिक एयरलाइन्सको अन्तिम घातक दुर्घटना कोलगन एयर फ्लाइट ३४०७ थियो, जुन फेब्रुअरी १२, २००९ मा बफेलो नजिक दुर्घटनाग्रस्त हुँदा ५० जनाको मृत्यु भएको थियो । अमेरिकन एयरलाइन्स दुर्घटना भने पछिल्लो पटक नोभेम्बर २००१ मा भएको थियो । न्युयोर्क क्वीन्सको बेले हार्वर नजिक भएको दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।

यो समाचार थप अपडेटका क्रममा छ ।





Source link

Leave a Comment