अमेरिकाको मिसिसिपीमा गोलीकाण्ड: गर्भवतीसहित ६ जनाको मृत्यु



प्रकाशित मिति : आश्विन २४, २०८२ शनिबार

group of police photo

अमेरिकामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ। एक दर्जनभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार मिसिसिपी राज्यका तीन फरक स्थानमा गोलीकाण्ड भएका हुन्। ती सबै घटना हाई स्कुल फुटबल खेलहरूसँग सम्बन्धित रहेको बताइएको छ। मृतकहरूमध्ये एकजना गर्भवती महिला समेत रहेकी छन्।

ल्यान्ड शहरमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ। १२ भन्दा बढी घाइते भएको त्यहाँका मेयर जोन लीले बताएका छन्। उनका अनुसार मध्यराततिर डाउनटाउन नजिकै भएको घटनामा १६ जनामाथि गोली चलाइएको थियो। तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

अमेरिकाको मिसिसिपीमा गोलीकाण्ड: गर्भवतीसहित ६ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा गोलीकाण्ड: गर्भवतीसहित ६ जनाको मृत्यु

यस घटनामा संलग्न भएको आशङ्कामा कसैलाई पक्राउ गरिएको छैन। लेल्यान्ड प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। यो गोलीकाण्ड लेल्यान्ड हाई स्कूलको ‘होमकमिङ’ फुटबल खेलपछि भएको जमघटका क्रममा भएको बताइएको छ।

हाइडलबर्ग शहरको हाई स्कूल परिसरमा पनि भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएको त्यहाँको प्रहरीले बताएको छ। यस घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जास्पर काउन्टी शेरिफ कार्यालयले पुष्टि गरेको छ।

यसैगरी, शार्की काउन्टीमा फुटबल खेल बाहिर गोली चलाएको घटनामा कम्तीमा दुई जनालाई पक्राउ गरिएको छ।

राज्यका यी साना सहरहरूमा भएका गोलीकाण्डहरूले ठूलो धक्का पुऱ्याएको छ। राज्य सिनेटर डेरेक सिमोन्सले लेल्यान्डको डाउनटाउन क्षेत्रमा मानिसहरू रमाइलो गरिरहेका बेला गोली चलेको बताएका छन्। उनले यसलाई अर्थहीन बन्दूक हिंसा भएको भन्दै हतियारहरूको अत्यधिक फैलावटको परिणाम देखिएको बताएका छन्।

लेल्यान्डका मेयर लीले गोलीकाण्ड हाई स्कूल नजिक नभएको स्पष्ट पारेका छन्। करिब ४,००० जनसङ्ख्या भएको लेल्यान्ड सहर राज्यको राजधानी ज्याक्सनबाट करिब ११५ माइल उत्तर–पश्चिममा पर्छ।

अमेरिकाको मिसिसिपीमा गोलीकाण्ड: गर्भवतीसहित ६ जनाको मृत्यु

मिसिसिपी ब्युरो अफ इन्भेस्टिगेसनले घटनाको अनुसन्धानमा सहयोग गरिरहेको बताउँदै लेल्यान्ड प्रहरीले थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

अमेरिकामा गोलीकाण्ड निरन्तर बढ्दो समस्या बनेको छ। बन्दूकसम्बन्धी हिंसाले देशका विद्यालय, समुदाय र सार्वजनिक स्थलहरूमा गम्भीर मानवीय क्षति पुर्याइरहेको छ। अमेरिकामा हरेक वर्ष हजारौँ मानिस गोलीकाण्डका कारण मारिन्छन् वा घाइते हुन्छन्।

सन् २०२४ मा मात्र ६०० भन्दा बढी सामूहिक गोलीकाण्ड भएका थिए। तीमध्ये धेरै घटना विद्यालय, संगीत कार्यक्रम, खेलकुद मैदान र सडकमा भएका थिए।

अमेरिकामा बन्दूक खरिद गर्ने कानूनी प्रक्रिया सरल भएकाले हतियारको दुरुपयोग बढेको छ। कडा बन्दूक नियन्त्रण नीतिको अभावले गर्दा यसलाई नियन्त्रण गर्न कठिन बनेको छ।





Source link

Leave a Comment