प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटा राज्यमा रहेका सोमाली आप्रवासीहरूका लागि दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) कार्यक्रम समाप्त गरेको घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत सो निर्णय तत्काल लागू हुने बताएका हुन्।
ट्रम्पले सोमाली ग्याङहरूले मिनेसोटाका नागरिकलाई आतंकित गरिरहेको दाबी गर्दै मिनेसोटाका गभर्नर टिम वाल्जमाथि मिनेसोटालाई ठगीमार्फत हुने अवैध धन सञ्चारको केन्द्र बनाएको आरोप समेत लगाए। उनले “उनीहरूलाई फर्काइदेऊ, जहाँबाट आएका हुन्” भन्दै आप्रवासी समुदायलाई लक्षित अभिव्यक्ति दिएका छन्।
गभर्नर वाल्जले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिँदै भने, “राष्ट्रपतिले पूरै समुदायलाई लक्ष्य बनाउनु कुनै नयाँ कुरा होइन। उनी सधैँ विषय बदल्न यस्तै गर्छन्।”
टीपीएस कार्यक्रम अस्थिर वा सङ्घर्षग्रस्त देशका नागरिकलाई अमेरिकामा अस्थायी रूपमा कानुनी रूपमा बस्न र काम गर्न अनुमति दिने सङ्घीय व्यवस्था हो। यूएससीआईएसका अनुसार सोमालियाको टीपीएस अवधि १७ मार्च २०२६ सम्म मान्य छ । हाल अमेरिकामा ७०५ सोमाली नागरिक टीपीएस अन्तर्गत रहेका छन्। मिनेसोटा भने अमेरिकाकै सबैभन्दा ठुलो सोमाली समुदाय बसोबास गर्ने राज्य मानिन्छ।
ट्रम्प प्रशासनले यसअघि अफगान, भेनेजुएला, सिरिया र दक्षिण सुडानका नागरिकहरूका टीपीएस सुरक्षा पनि हटाउने प्रयास गरेको थियो, जसले कडा कानुनी चुनौती भोगिरहेको छ।
मिनेसोटा हाउस स्पिकर तथा रिपब्लिकन नेतृ लिसा डेमुथले ट्रम्पको कदमको समर्थन जनाउँदै राज्यमा ठगी समस्याको गम्भीरता राष्ट्रपतिले बुझेको बताइन् । तर, उनले पाठक प्रमाण भने प्रस्तुत गरिनन्।
यसैबीच, अमेरिकन-इस्लामिक रिलेसन्स काउन्सिलको मिनेसोटा शाखाका अध्यक्ष जेलेनी हुसेनले ट्रम्प प्रशासनको निर्णयलाई इस्लामोफोबियाबाट प्रेरित राजनीतिक हमला भन्दै कडा आलोचना गरेका छन्। उनले टीपीएस कार्यक्रम मिनेसोटामा दशकौँदेखि बसोबास गर्दै आएका सोमाली परिवारहरूको कानुनी जीवन रेखा रहेको बताउँदै यसलाई हटाउनु गम्भीर अन्याय भएको प्रतिक्रिया दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
