अमेरिकाको मिचिगनमा चक्कु प्रहार, ११ जना घाइते



प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार


अमेरिकाको मिचिगनमा चक्कु प्रहार हुँदा ११ जना घाइते भएका छन । मिचिगन राज्यको ट्राभर्स सिटीमा अवस्थित वालमार्ट स्टोरमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ११ जना घाइते भएका हुन ।

ग्राण्ड ट्राभर्स काउन्टीका शेरिफ माइकल शिया अनुसार ४२ वर्षे आरोपी मिचिगनका बासिन्दा हुन् । घटना योजनाबद्ध नदेखिएको अधिकारीहरुले बताएका छन ।

वालमार्टको चेकआउट काउन्टर नजिकै घटना सुरु भएको थियो । आरोपीसँग एउटा साधारण फोल्डिङ स्टाइलको चक्कु थियो ।

उनले आकस्मिक रूपमा मानिसहरूलाई आक्रमण गरेका थिए। शेरिफ शियाले पत्रकारहरूलाई जानकारी दिँदै अप्रत्यासित हिंसा भएको बताए ।

घटनापछि पसलमा रहेका केही नागरिकहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहायता गरेका थिए । शेरिफले पुष्टि गरे अनुसार प्रहरी घटनास्थलमा नआउदै आरोपीलाई नियन्त्रणमा लिइएको थियो।

उत्तरी मिचिगनको अस्पतालका अनुसार ११ जना घाइतेहरूमध्ये ६ जनाको अवस्था जटिल रहेकोछ । ५ जनाको अवस्था पनि सामान्य नरहेको बताइएको छ ।

वालमार्ट नजिकैको स्टोरमा कार्यरत कर्मचारी क्यारी किडका अनुसार, उनी काउन्टरमा काम गरिरहेकी थिइन् जब अचानक मानिसहरू भाग्दै बाहिर निस्कन थाले। “डर लाग्दो त थिएन तर निकै डरलाग्दो थियो,” उनले भनिन्।

मिचिगन स्टेट पुलिस क्राइम ल्याबले एफबीआई लाई पनि अनुसन्धानमा सहभागी गराइएको बताएको छ ।

अमेरिकाको मिचिगनमा चक्कु प्रहार, ११ जना घाइते

एफबीआई उप–निर्देशक ड्यान बोंजिनोले सामाजिक सञ्जालमार्फत बताएका छन्, “ग्राण्ड ट्राभर्स काउन्टी शेरिफ कार्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउन हाम्रो टोली तयारी अवस्थामा छ।” वालमार्ट प्रवक्ताले हिंसा अस्वीकार्य भएको बताएका छन ।

ट्राभर्स सिटीको जनसंख्या करिब १६ हजार छ । मिचिगनको उत्तरतर्फ यो सिटी पर्दछ । यो शहर ग्र्यान्ड र्यापिड्सबाट करिब १५० माइल उत्तरमा र डेट्रॉइटबाट करिब २५५ माइल उत्तरपश्चिममा अवस्थित छ ।





Source link

Leave a Comment