अमेरिकाको फ्लोरिडामा २ डलर मात्र टिप्स दिएपछि गर्भवती महिलामाथि १४ पटक चक्कु प्रहार



प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

फ्लोरिडाको किसिमीस्थित रिभिएरा मोटलमा पिज्जा अर्डर गरेकी गर्भवती महिलामाथि दुई डलर टिप्स कम भएको भन्दै पिज्जा डेलिभरी गर्ने व्यक्तिले १४ पटक चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ।

घरभित्र जबरजस्ती प्रवेश र चक्कु प्रहारको रिपोर्ट आएपछि प्रहरी मोटलमा पुगेका थिए । घटनास्थलमा मेलिन्डा इरिजारी नामकी पीडितलाई गम्भीर घाइते अवस्थामा भेटाएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

अस्पतालमा इरिजारीको आपत्कालीन शल्यक्रिया गरिएको थियो। उनको फोक्सो फुटेको र छाती, हात, खुट्टा तथा पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । अहिले उनको अवस्था स्थिर रहेको छ।

प्रहरीका अनुसार २२ वर्षीया ब्रियाना अल्भेलो नामक पिज्जा डेलिभरी गर्ने व्यक्ति घटनामा संलग्न थिइन्। इरिजारीले मार्कोस पिज्जा सपबाट ३३ डलर बराबरको अर्डर गरेकी थिइन्।

डेलिभरी आइपुगेपछि इरिजारीले ५० डलरको नोट दिइन् र बाँकी रकम फिर्ता मागिन्। तर, अल्भेलोले स्टोरको नियमअनुसार पैसा फिर्ता गर्न नसकिने बताइन्। त्यसपछि इरिजारीले ससाना नोट मिलाएर दुई डलर टिप्स दिइन्। इरिजारीका अनुसार अल्भेलोले आँखा तरेर केही नबोली त्यहाँबाट गइन्।

पछि, अल्भेलो अज्ञात पुरुषसँग फर्केर मोटलको कोठामा पुगिन् । ती पुरुष हतियारसहित आएका थिए। दुबैजनाले जबरजस्ती कोठामा प्रवेश गरी इरिजारीमाथि आक्रमण गरे। प्रहरीका अनुसार अल्भेलोले चक्कु प्रयोग गरेर इरिजारीलाई १४ पटक प्रहार गरिन्।

प्रहरीले यो आक्रमणसँगै कोठाबाट केही सामान पनि चोरिएको जानकारी दिएको छ। ब्रियाना अल्भेलोलाई घरभित्र जबरजस्ती प्रवेश, हत्या प्रयास, अपहरण, र गम्भीर आक्रमणको अभियोगमा पक्राउ गरिएको छ। अज्ञात पुरुष अझै फरार छन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School