अमेरिकाको पूर्वी क्षेत्रमा गर्मीको लहर आउनसक्ने चेतावनी, सर्तकता अपनाउन सुझाव



प्रकाशित मिति : असार ४, २०८२ बुधबार


अमेरिकाको पूर्वी क्षेत्रमा गर्मीको लहर आउन सक्ने पूर्वानुमान गरिएको छ ।

पूर्वी राज्यमा यस साता अन्त्यदेखि अर्को साता सुरुसम्म गर्मीको लहर फैलिने पूर्वानुमान गरिएको हो । यससँगै केही स्थानहरूमा शक्तिशाली आँधीबेहरी, ठूलो असिना र क्षति पुर्याउने हावा लाग्ने खतरा पनि कायम छ।

मौसमविद्का अनुसार पश्चिमबाट न्यूनचापीय प्रणाली बिस्तारै सर्ने क्रममा ओहायो उपत्यका, मिडवेस्ट र मिसिसिपी उपत्यकाका क्षेत्रहरूमा चट्याङ, असिना र आँधीबेहरीको जोखिम देखिएको छ।

अमेरिकाको पूर्वी क्षेत्रमा गर्मीको लहर आउनसक्ने चेतावनी, सर्तकता अपनाउन सुझाव

अमेरिकाको पूर्वी क्षेत्रमा गर्मीको लहर आउनसक्ने चेतावनी, सर्तकता अपनाउन सुझाव

यो प्रणाली पूर्वतर्फ बढ्दै जाँदा बिहीबारसम्म उत्तरपूर्वी भागहरूमा समेत वर्षा र आँधी आउने सम्भावना छ।

यस प्रणाली पछिपछि अमेरिका भरि गर्मी र सामान्यभन्दा बढी तापक्रम फैलिनेछ । नेशनल वेदर सर्भिस ले यसलाई यस वर्षको पहिलो महत्वपूर्ण गर्मीको लहर भनेको छ।

शुक्रबारका लागि केही क्षेत्रमा तापमान सामान्यभन्दा २५ देखि ३५ डिग्री फारेनहाइट बढी पुग्ने सम्भावना छ । रॉकीज र प्लेन्स क्षेत्रहरूमा शुक्रबार र शनिबार दैनिक तापक्रम रेकर्ड तोड्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

गर्मी अब पूर्वी उत्तरअमेरिकामा ढिलो गरेर तर निकै तिब्र रूपमा आइरहेको मौसमविद्ले बताएका छन । अर्को साता भरि तातो र चिस्यानयुक्त मौसमका कारण ‘ट्रिपल डिजिट’ तापक्रम महसुस हुने सम्भावना धेरै छ।

तापक्रम र चिस्यानलाई एकसाथ मापन गर्दा प्राप्त हुने हिट इन्डेक्सले मानिसले वास्तवमा कस्तो गर्मी महसुस गर्छ भन्ने जनाउँछ।

अमेरिकाको पूर्वी क्षेत्रमा गर्मीको लहर आउनसक्ने चेतावनी, सर्तकता अपनाउन सुझाव

गर्मी यो सप्ताहन्तको अन्त्यतिर मिडवेस्ट, ओहायो उपत्यका हुँदै आइतबारबाट उत्तरपूर्वी र मिड एटलान्टिक क्षेत्रमा फैलिने अनुमान छ।

नेशनल वेदर सर्भिस का अनुसार उत्तरपूर्वी क्षेत्रहरूमा अर्को साता बीचसम्म ‘उच्च जोखिम’ अर्थात् ६० प्रतिशत भन्दा बढी सम्भावना रहेको छ ।

नेशनल वेदर सर्भिस अनुसार गर्मीको लहर भन्नाले लगातार दुई दिनभन्दा बढी समयसम्म असामान्य गर्मी पर्ने अवस्था हो ।

यसले प्रायः ठूलो भूभागलाई असर गर्छ र धेरै मानिसलाई स्वास्थ्यमा हानि पुग्ने खतरा पैदा गर्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा, र अन्य कमजोर समूहहरू यसको निशानामा पर्ने गर्दछन ।

विशेषज्ञहरू भन्छन् कि घामबाट टाढा बस्नु सबैभन्दा सजिलो र सुरक्षित उपाय हो । यदि बाहिर जानैपर्ने भयो भने हल्का, खुकुलो र उज्यालो रङको लुगा लगाउने ,नियमित रूपमा पानी पिउने, अत्यधिक शारीरिक गतिविधि जति सक्दो कम गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरु अनुसार गर्मीले मांशपेशी खिच्नु , अत्यधिक पसिना , सास फेर्न गाह्रो , टाउको दुख्ने, थकाइ, झमझमाहट, वा वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन थाल्छन ।

यी लक्षणहरू देखिएमा तुरुन्त छायाँ वा चिसो ठाउँमा जाने , पानी पिउनु, र सुधार नभएमा चिकित्सकीय सहायता लिनु आवश्यक रहेको छ ।





Source link

Leave a Comment