अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा गोलीकाण्ड



प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार


अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ । मृतक १४ वर्षीय बालक रहेका छन ।

घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । यो घटना नयाँ विद्यार्थीका लागि आयोजित ओरिएन्टेसन सप्ताहको बेला भएको हो ।

न्यू मेक्सिको स्टेट पुलिस प्रमुख डब्लु ट्रोय विस्लरका अनुसार चार जना व्यक्ति छात्रावासको कोठामा भिडियो गेम खेलिरहेका थिए । त्यही बेला १८ वर्षीय संदिग्ध जोन फुएन्टेसले हतियार निकालेर उनीहरूमाथि गोली चलाएका थिए ।

“१४ वर्षीय बालक घटनास्थलमै मृत्यु भएको थियो । बाँकी अन्य मानिसहरू र आक्रमणकारी कोठाबाट भागेका थिए,” विस्लरले पत्रकार सम्मेलनमा जानकारी दिए।

गोली चलेपछि विश्वविद्यालयमा सतर्कता आदेश जारी गर्दै अस्थायी रूपमा क्याम्पस खाली गराउने काम गरिएको थियो ।

प्रहरीले गाडीको नम्बर प्लेट रिडरको सहयोगमा फुएन्टेसलाई भ्यालेन्सिया काउन्टीमा उनको परिवारसँगै गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

गोलीकाण्डको कारण र संदिग्धको पीडितहरूसँगको सम्बन्ध अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । प्रारम्भिक रूपमा यो घटना एकपटकको आक्रमण भएको र अन्य कुनै थप खतरा नरहेको पनि स्पष्ट गरिएको छ।

यो घटना सन् २०२५ मा अमेरिकामा भएको कम्तीमा ३३ औं स्कुल–क्याम्पस गोलीकाण्ड हो । जसमा १४ वटा के १२ स्कुल र १९ वटा कलेज विश्वविद्यालयमा गोली चलेको विश्लेषणमा देखिएको छ ।

अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा गोलीकाण्ड

न्यू मेक्सिको विश्वविद्यालय प्रहरी प्रमुख जोसेफ सिल्भाले यो घटना “विश्वविद्यालयका लागि निकै दुःखद र हृदयविदारक दिन” भएको बताएका छन् ।

प्रहरीले नजिकैका भवनहरू खोज्दा कासास डेल रियो छात्रावासमा १४ वर्षीय बालकको शव भेटिएको थियो।

राज्य प्रहरी अनुसन्धान ब्यूरोलाई घटनास्थलमा खटाइएको थियो । घाइते युवकको उपचार अस्पतालमा भइरहेको छ । उनको अवस्था गम्भीर नरहेको विश्वविद्यालयले जानकारी दिएको छ।





Source link

Leave a Comment