प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

अमेरिकाको न्यूयोर्कमा फुटबल खेलाडी क्रिस बोइडमाथि गोली प्रहार भएको छ। न्यूयोर्क जेट्सका यी खेलाडी गोली लागेर गम्भीर घाइते भएका छन्।
अमेरिकी फुटबल टीम न्यूयोर्क जेट्सका कर्नरब्याक क्रिस बोइडलाई पेटमा गोली लागेको छ। २९ वर्षका बोइड अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्।
न्यूयोर्क प्रहरीले गोली लागेर अस्पताल भर्ना गरिएका व्यक्तिको परिचय सार्वजनिक गरेको छैन। तर, प्रहरीले नाम नखुलाए पनि जेट्सका प्रवक्ताले बोइड नै घाइते भएको पुष्टि गरेका छन्।
घटना मिडटाउन म्यानहट्टनमा बिहानपख भएको हो। प्रहरीले सेइ लेस नामको उच्चस्तरीय रेस्टुरेन्ट बाहिरबाट गोलीकाण्ड भएको फेला पारेको बताएको छ। घटनाबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति पक्राउ नपरेको न्यूयोर्क प्रहरीले बताएको छ।
बोइड यस वर्ष जेट्समा सामेल हुनुअघि दुई सिजन ह्युस्टन टेक्ससका लागि खेलेका थिए। त्यसअघि उनले एरिजोना कार्डिनल्समा एक सिजन र मिनेसोटा भाइकिङ्समा चार सिजन खेलेका थिए। अगस्टमा प्रशिक्षणका क्रममा बोइडको काँधमा चोट लागेपछि उनी जेट्सको घाइतेहरूको मा राखिएका थिए।
अमेरिकामा पछिल्ला वर्षहरूमा गोलीकाण्डका घटनाहरू निरन्तर बढ्दै गएको देखिन्छ। विद्यालय, रेस्टुरेन्ट, सडक तथा सार्वजनिक स्थलहरूमा हुने यस्ता आक्रमणहरूले नागरिकको सुरक्षा चिन्ताजनक बनेको छ।
सुरक्षा एजेन्सीहरूको तथ्याङ्कअनुसार, प्रत्येक वर्ष हजारौँ मानिस गोलीकाण्डमा मारिन्छन् वा घाइते हुन्छन्। हतियार नियन्त्रण गर्न कडा कानुन बन्नुपर्ने आवाज सशक्त रूपमा उठिरहेको छ, तर राजनीतिक ध्रुवीकरणका कारण आवश्यक सुधारहरू अघि बढ्न सकिरहेका छैनन्।
विशेषज्ञहरूका अनुसार मनोसामाजिक तनाव, हतियारमा सहज पहुँच र घृणामा आधारित चरम विचारधाराहरूले अमेरिकामा गोलीकाण्ड बढ्न भूमिका खेलिरहेका छन्।
लगातार भइरहेका यस्ता घटनाले अमेरिकी समाजमा भय, असुरक्षा र राजनीतिक बहसलाई अझै तीव्र बनाइरहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
