अमेरिकाको न्यूयोर्कमा गोलीकाण्ड : प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु



प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार


अमेरिकाको न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क शहरको म्यानह्याटनको मिडटाउन क्षेत्रमा भएको गोलीकाण्डमा न्यूयोर्क प्रहरी विभागका एकजना अधिकृतसहित चार जनाको मृत्यु भएको हो ।

सन्दिग्ध आक्रमणकारीको पहिचान प्राथमिक रूपमा लस भेगासका २७ वर्षीय युवकका रूपमा गरिएको छ ।

प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्।

गोलीकाण्ड ३४५ पार्क एभेन्यू मा अवस्थित ६३४ फिट अग्लो गगनचुम्बी भवनमा भएको थियो । जहाँ नेशनल फुटबल लिग र ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू रहेका छन्।

गन भायोलेन्स आर्काइभको तथ्याङ्क अनुसार यो अमेरिका भित्र यो वर्षको २५४ औं सामूहिक गोलीकाण्ड हो । थप विवरण आउनेक्रममा रहेको छ ।





Source link

Leave a Comment