अमेरिकाको टेनेसीमा विमान दुर्घटना



प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकाको टेनेसीमा विमान दुर्घटना भएको छ । २० जना सवार विमान दुर्घटनामा परेको हो । विमान दुई इन्जिनको रहेको बताइएको छ । विमानमा सवार मध्ये ६ जना घाइते भएका छन ।

संघीय उड्डयन प्रशासनका अनुसार आइतबार दिउँसो टेनेसीको तुलाहोमा नजिकै दुई इन्जिन भएको विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना नासभिलदेखि करिब ७७ माइल दक्षिणपूर्वमा रहेको तुलाहोमा शहरमा भएको हो । तुलाहोमा प्रहरी विभागका अनुसार विमानमा २० जना मानिस सवार थिए । तर मृत्यु भने कसैको भएको छैन।

अमेरिकाको टेनेसीमा विमान दुर्घटना

अमेरिकाको टेनेसीमा विमान दुर्घटना

प्रहरी विभागले जनाएअनुसार विमानमा सवार ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । तीमध्ये दुईजनालाई हेलिकप्टरमार्फत र बाँकी चारजनालाई स्थलमार्गबाट अस्पताल पुर्याइएको छ ।

आइतबार स्थानीय समयअनुसार दिउँसो साढे १२ बजे विमानले तुलाहोमा एयरपोर्टबाट उडान भरेको केही समयपछि दुर्घटना भएको हो । विमानले स्काइडाइभरहरू बोकेको थियो।

टेनेसी हाइवेको गस्ती टोलीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग जमिनमा ठोक्किएको र एउटा पखेटा छुट्टिएको देखिन्छ ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। पछिल्ला दिनमा अमेरिकामा विमान दुर्घटनाका घटना बढेका छन । साना देखि ठूला सम्मका दुर्घटनाहरुले अमेरिकी आकासमा सुरक्षा चिन्ता बढाएका छन ।

सुरक्षा चिन्ता कम गर्न र दुर्घटनाका घटना न्यूनिकरण गर्नका लागि विभिन्न अनुसन्धानहरु भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन ।

अमेरिकाको टेनेसीमा विमान दुर्घटना





Source link

Leave a Comment