अमेरिकाको टेक्सासमा भीषण हुरीका कारण १ जनाको ज्यान गयो,४ जना घाइते



प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

अमेरिकाको दक्षिणपूर्वी टेक्सासमा आएको भीषण हुरी ले एकजनाको ज्यान लिएको छ । कम्तिमा ४ जना घाइते भएका छन ।

ब्राजोरिया काउन्टी मा भीषण हुरी अर्थात टोरनाडो आएको हो । काउन्टी शेरिफको कार्यालयका अनुसार टोरनाडोले धेरै ठाउँमा क्षति पुर्याएको छ ।

ब्राजोरिया काउन्टी शेरिफको कार्यालयकी प्रवक्ता म्याडिसन पोल्सटनका अनुसार, ह्युस्टनको दक्षिणमा ३० माइल टाढाको एक नगरबाहिरको क्षेत्रमा दिउँसो टोरनाडोले पटकपटक अवतरण गरेको थियो ।

शक्तिशाली हावाहुरीका कारण कम्तिमा १० भवनहरू क्षतिग्रस्त भएका छन । जसमा स्कुल र आवासहरू समेत समावेश छन् ।

ब्राजोरिया काउन्टीमा टोरनाडो प्रायः आउँदैन । यदि आयो भने पनि यस स्तरको क्षति वा घाइतेहरू हुने अवस्था पनि निकै दुर्लभपूर्ण मानिन्छ ।

नेशनल वेदर सर्भिस ले लुइजियाना, मिसिसिपी र टेक्साससमेत मा टोरनाडोको चेतावनी जारी गरेको थियो ।

यो घातक टोरनाडोले टेक्सासको ब्राजोरिया काउन्टीमा दुर्लभ तर गम्भीर असर पुर्याएको छ ।

यसले स्थानीय बासिन्दाहरूलाई प्राकृतिक विपद्को सामना गर्न थप तयारीको आवश्यकता भएको देखाएको छ ।

अमेरिकाको टेक्सासमा भीषण हुरीका कारण १ जनाको ज्यान गयो,४ जना घाइते





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School