अमेरिकाको चर्चमा गोली चल्दा २ महिलाको मृत्यु, प्रहरी सहित ३ घाइते



प्रकाशित मिति : असार ३०, २०८२ सोमबार


अमेरिकाको केन्टुकी राज्यको लेक्जिङ्टनमा गोली लागेर २ महिलाको मृत्यु भएको छ । प्रहरी सहित ३ जना घाइते भएका छन ।

रिचमन्ड रोड बाप्टिस्ट चर्चमा भएको गोलीकाण्डमा दुई महिलाको मृत्यु भएको हो । दुई पुरुष र एक राज्य प्रहरी सहित तीन जना घाइते भएका अधिकारीहरुले बताएका छन ।

गोलीकाण्ड ब्लु ग्रास एयरपोर्ट नजिक भएको हो । राज्य प्रहरीले टर्मिनल ड्राइभमा एउटा सवारीलाई रोकेपछि अचानक चालकले गोली चलाएको थियो ।

अमेरिकाको चर्चमा गोली चल्दा २ महिलाको मृत्यु, प्रहरी सहित ३ घाइते

अमेरिकाको चर्चमा गोली चल्दा २ महिलाको मृत्यु, प्रहरी सहित ३ घाइते

त्यसपछि संदिग्ध व्यक्ति भागेर अर्को सवारी अपहरण गर्दै १५ माइल टाढा रहेको रिचमन्ड रोड बाप्टिस्ट चर्च पुगेको जानकारी लेक्जिङ्टन प्रहरी प्रमुख लरेन्स वेदर्सले एक पत्रकार सम्मेलनमा दिएका हुन् ।

चर्च पुगेपछि संदिग्धले त्यहाँ रहेका व्यक्तिहरूलाई लक्षित गरी गोली चलाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तीन जना प्रहरी अधिकृतहरूले जवाफी कारबाही गर्दै गोली हानेपछि हमलाकारी घटनास्थलमै मारिएका थिए ।

रिचमन्ड रोड बाप्टिस्ट चर्च एक सानो आपसी सम्बन्धमा आधारित समुदाय हो । फायेट काउन्टीका कोरोनर गेरी जिनका अनुसार चर्चका धेरै सदस्यहरू आपसका आफन्त छन्।

उक्त चर्च एक “स्वतन्त्र, सॉवरेन ग्रेस, मिसनरी न्यू टेस्टामेन्ट बाप्टिस्ट चर्च” हो भन्ने विवरण वेबसाइटमा उल्लेख छ । घटना भइरहेको बेला चर्चको प्रवचन फेसबुकमा प्रत्यक्ष प्रसारण हुँदै थियो । जहाँ पादरीले मृत्युको विषय झण्डै १० पटक उल्लेख गरेका थिए।

प्रहरीले हमलाकारीको पहिचान गरिसकेको भए पनि पारिवारिक सूचनाको अभावका कारण नाम सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार हमलाकारीको चर्चसँग कुनै व्यक्तिगत सम्बन्ध हुन सक्ने संकेत देखिएको छ । तर थप विवरण दिइएको छैन।

अमेरिकाको चर्चमा गोली चल्दा २ महिलाको मृत्यु, प्रहरी सहित ३ घाइते

गोलीकाण्डको कारण र संदिग्धको उद्देश्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





Source link

Leave a Comment