अमेरिकाको ओहायोमा नदीमा माछा मार्न गएका नेपाली भाषी गोपाल प्रधानको मृत्यु



प्रकाशित मिति : असार १०, २०८१ सोमबार

अमेरिकाको ओहायोमा नदीमा माछा मार्न गएका नेपाली भाषी गोपाल प्रधानको मृत्यु

ओहायोको कोलेरिन टाउनसिपमा ग्रेट मायामी नदीमा माछा मार्न गएका नेपाली भाषी ५० बर्षीय गोपाल प्रधानको निधन भएको छ । आइतबार पानीमा डुबेको प्रधानको शव उद्धार टोलीले ३ घण्टाको खोजीपछि बाहिर निकाल्न सफल भएको थियो ।

उनी एकजना साथीसँग नदीको किनारमा माछा मार्दै थिए । त्यबी बेला पानीमा बाल्टी डुबेपछि उनी बाल्टी लिन पानीमा छिर्दा मृत्यु भएको जनाइएको छ । गोताखोरहरूले उनको शव माछा मार्ने मूल स्थानबाट नजिकै हेरिटेज पार्कनेर फेला पारेका थिए ।

घटनास्थलमा सबैभन्दा पहिले कोलरेन टाउनशिप फायर डिपार्टमेन्टका अधिकारीहरु पुगेका थिए । तर पछि धेरै विभागहरूबाट घटनास्थलमा पुगेका थिए । प्रहरी, आपतकालिन मेडिकल सर्भिस, उनीहरूको ड्रोन टोली र गोताखोर टोली घटनास्थलमा पुगेको थियो ।

सोमबार ह्यामिल्टन काउन्टी कोरोनरको कार्यालयले उनको नाम गोपाल प्रधान रहेको जनाएको हो । उनी भुटानी शरणार्थीका रुपमा नेपालबाट अमेरिका आएका थिए । उनी सिनसिनाटीमा आमा पत्नी, एक छोरी र तीन छोराका साथ बस्दै आएका थिए ।

घटना कसरी भयो भन्नुभन्दा धेरै सावधान रहन र सबै सुरक्षा सावधानीहरू अपनाउन अधिकारीहरुले सुझाव दिएका छन् । कुनै चीजलाई समात्ने तरिका खोज्न र जोखिम नलिन उनीहरुले सुझाव दिएका छन् ।

करिब एक वर्षअघि पनि एक टिनएजर उनको परिवारका साथमा नदी किनारमा खेलिरहेका बेला बेपत्ता भएका थिए। कैयन दिनको खोजीपछि उनको शव फेला पारिएको थियो ।





Source link

Leave a Comment