अमेरिकाको अलास्कामा हराएको विमानको अवशेष भेटियो, ३ जनाको मृत्यु भएको पुष्टि



प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

अमेरिकाको अलास्कामा बिहीबार हराएको सानो विमानको अवशेष फेला परेको छ । यूएस कोस्ट गार्डले विमानको अवशेष फेला पारेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कोस्ट गार्डले विमानको अवशेषमा ७ अन्य शव रहेका बताएका छन् । तर विमान निकाल्न नसकिएको कारण ती शवहरू पनि निकाल्न सकिएको छैन ।

बिहीबार दिउँसो विमान १९ किमि टाढा समुन्द्र तटबाट हराएको थियो । विमानमा १० जना सवार थिए । कोस्ट गार्डले विमानको अवशेष नोम शहरको दक्षिण पूर्व ३४ माइलको दूरीमा फेला परेको बताएको छ ।

अमेरिकाको अलास्कामा हराएको विमानको अवशेष भेटियो, ३ जनाको मृत्यु भएको पुष्टि

कोस्ट गार्डले विमानले तीव्र गतिमा उचाइ र गति गुमाएको बताएको छ ।

विमानमा को को सवार थिए भन्ने विवरण सार्वजनिक गरिएको छैन । विमानमा ९ यात्रु र १ पाइलट सवार रहेको अलास्का सार्वजनिक सुरक्षा विभागले जानकारी दिएको छ ।

विमानको खोजी र उद्धार अभियान प्रतिकुल मौसमका कारण प्रभावित भएको छ ।

युनालाक्लीट र नोम दुई शहरहरू १४६ माइलको दूरीमा छन । उक्त व्यावसायिक यात्रु विमान अवतरण हुनुभन्दा केही समय अघि बेरिङ सागरमा बेपत्ता भएको थियो ।

नोममा मुख्यालय रहेको बेरिङ एयरले ३० भन्दा बढी स्थानीय समुदायहरूलाई सेवा गर्दै आएको छ । हालैका हप्ताहरूमा दुईवटा विमान दुर्घटनाका घटनाहरूको छानबिन भइरहेको बेलामा यो दुर्घटना भएको हो ।

अमेरिकाको अलास्कामा हराएको विमानको अवशेष भेटियो, ३ जनाको मृत्यु भएको पुष्टि

वाशिंगटन, डीसी नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र एक यात्रु जेट उडानका रहेको बेला ठोक्किदा ६७ जनाको मृत्यु भएको थियो भने फिलाडेल्फियामा मेडेभ्याक जेटको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School