अमेरिकाका लागि नेपाली राजदूत खत्री सहित ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

अमेरिकाका लागि नेपाली राजदूत खत्री सहित ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

अमेरिकाका लागि नेपाली राजदूत खत्री सहित ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री सहित कांग्रेस र जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, बेलायत, भारत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले सन् २०२२ को सुरुमा अमेरिकाका लागि नेपाली राजदूतको कार्यभार सम्हालेका थिए । त्यस्तै भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यपनि सोही चरणमा नै राजदूत भएका थिए ।

राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रही सकेका क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्।

खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहिसकेका छन् । खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।

उनले अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर यस क्षेत्रको रणनीतिक अध्ययनसमेत गरेका छन् । उनी अझै पनि कतिपय त्यस्ता अध्ययन गर्ने विश्‍वविद्यालय र निकायसँग निकट छन् । उनकै संयोजकत्वमा परराष्ट्र नीति पुनरवलोकन उच्चस्तरीय समिति बनेको थियो । उनी नेतृत्वको टोलीले कूटनीतिक सुधार र कार्यान्वयन गर्न प्रतिवेदन दिएको थियो ।

डाक्टर शंकर शर्मा अमेरिकाका लागि पूर्व नेपाली राजदूत समेत हुन् । उनले युनिभर्सिटी अफ हवाईबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए । उनी सन् २००२ देखि २००६ सम्म राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत थिए ।

ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा अल्प विकशित, भूपरिबेष्ठित विकाशोन्मुख र साना टापु विकाशोन्मुख मुलुकका लागि उच्च प्रतिनिधि रहेका थिए । उनी सन् २०१२ मा राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनबाट नियुक्त भएका थिए । त्योभन्दा अगाडि उनी संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कमा राजदूत रहेका थिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School