अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन



प्रकाशित मिति : कार्तिक १, २०८२ शनिबार

अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन

फोटो : रासस

अमेरिकाका विभिन्न सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।

न्युयोर्क, वासिङटन डीसी, शिकागो, मियामी र लस एञ्जलसजस्ता प्रमुख सहरहरूमा हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शनमा भाग लिएका छन्।

न्युयोर्क सिटीको प्रसिद्ध टाइम्स स्क्वायरमा हजारौँ प्रदर्शनकारी जम्मा भएका थिए। सडक र भूमिगत रेलका प्रवेशद्वारहरू मानिसले खचाखच भरिएका थिए।

अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन

अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन

प्रदर्शनकारीहरूले “लोकतन्त्र, राजतन्त्र होइन” र “संविधान वैकल्पिक होइन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनअघि ट्रम्पका समर्थकहरूले प्रदर्शनमा सहभागीहरूलाई फार–लेफ्ट एन्टिफा आन्दोलनसँग जोडिएको भन्दै “अमेरिका-विरोधी प्रदर्शन”को रूपमा आलोचना गरेका थिए। तर आयोजकहरूले प्रदर्शनहरू शान्तिपूर्ण भएको बताएका छन्।

न्युयोर्कमा ‘नो किंग्स’ नामक समूहद्वारा आयोजना गरिएको कार्यक्रममा “हिंसारहित प्रदर्शन हाम्रो मूल सिद्धान्त हो” भन्ने सन्देश दिइएको थियो। भीडले पटक–पटक “यही हो लोकतन्त्रको रूप” भन्दै नाराबाजी गरेको देखिएको थियो।

न्युयोर्क प्रहरीका अनुसार सहरका पाँचवटै क्षेत्रमा १ लाखभन्दा बढी मानिस शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागी भए। कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्। टाइम्स स्क्वायरमा मात्रै करिब २० हजार मानिसहरू ७ औँ एवेन्यू हुँदै मार्च गरिरहेका थिए।

लेखक बेथ जास्लफले ट्रम्प प्रशासनले अमेरिकालाई अधिनायकवादतर्फ धकेलिरहेको महसुस गरेको बताइन्।

अमेरिकाका मुख्य सहरहरूमा राष्ट्रपति ट्रम्पकाविरुद्ध प्रदर्शन

६८ वर्षीया इटालियन–अमेरिकी मास्सिमो मस्कोली ट्रम्प प्रशासनको आप्रवासन नीति, स्वास्थ्य सेवामा कटौती, र राष्ट्रिय सुरक्षा बलको प्रयोगप्रति चिन्तित बनेको बताइन्।

न्युयोर्कका डेमोक्र्याटिक नेता र सेनेटका अल्पसंख्यक नेता चक शुमर पनि प्रदर्शनमा सहभागी भए। उनले स्वास्थ्य सेवा संकट समाधान गर्न माग गरे।

वर्मन्टका सेन्टर बर्नी स्यान्डर्सले वासिङटन डीसीमा आयोजित सभामा अमेरिकालाई घृणा गर्न होइन, अमेरिकालाई माया गर्छौं भनेर देखाउन आएको बताए।

अमेरिकी प्रदर्शनका समर्थनमा बर्लिन, म्याड्रिड र रोममा पनि प्रदर्शनहरू भएका छन्।

बेलायतमा अमेरिकी दूतावास बाहिर सयौँ मानिस जम्मा भएका थिए। क्यानडाको टोरोन्टोमा प्लेकार्ड बोकेका प्रदर्शनकारी देखिएका थिए।

टेक्सासका गर्भनर ग्रेग एबटले प्रदर्शनअघि नै नेशनल गार्ड सक्रिय गराएका थिए। डेमोक्र्याट नेताहरूले यसलाई “शान्तिपूर्ण प्रदर्शन दबाउने अधिनायकवादी शैली” भनेर आलोचना गरेका थिए।

पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको समर्थन दर ४० प्रतिशतमा झरेको छ। अहिले ५८ प्रतिशत अमेरिकी असन्तुष्ट छन्। यो दर उनको पहिलो कार्यकालको औसतसँग मिल्दोजुल्दो भए पनि दोस्रो कार्यकालको सुरुवात ४७ प्रतिशतभन्दा कम छ।

विश्लेषकहरूका अनुसार अधिकांश अमेरिकी ट्रम्प प्रशासनका कार्यकारी आदेश, नेशनल गार्डको प्रयोग, र संघीय निकाय विघटनजस्ता कदमलाई संविधानविपरीत र लोकतन्त्रविरोधी ठानिरहेका छन्। ट्रम्पले आफूलाई ‘राजा’ भनेर बोलाइने गरेको भन्दै तर आफू राजा नभएको बताएका छन्।





Source link

Leave a Comment