अभिभावक किन सचेत हुनुपर्छ ? : RajdhaniDaily.com


बालबालिका खाली दिमाग लिएर जन्मेका हुन्छन् । यो खाली मगजमा जस्तो भाषिक, सांस्कृतिक, सांस्कारिक तथा व्यावहारिक ज्ञान आर्जन हुन्छ, सोहीबमोजिमको सोचाइ, चरित्र तथा व्यवहार निर्माण हुने गर्छ । परिवार मानिसको पहिलो पाठशाला हो । यो पहिलो पाठशालाको शिक्षा, दीक्षा, व्यवहार, चालचलन, धर्म, संस्कृति, सांस्कृतिक अभ्यासजस्ता कुराहरूले बालबालिकालाई पत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । सिकाइ वातावरणको उपज भएकाले बाल्यकालको घरको वातावरणले उसको भविष्यको मार्ग निर्देशन गरेको हुन्छ । यस अर्थमा हरेक अभिभावकले आप्mना छोराछोरीहरूलाई घरपरिवारमा राम्रो शिक्षादीक्षा दिनुपर्छ ।

बालबालिकाका लागि सबैभन्दा ठूलो मित्र ‘आमा’ हुन् भन्ने गरिन्छ । त्यसैले, होला नेपोलियन बोनापार्टले मलाई शिक्षित आमा देऊ मैले तिमीलाई असल नागरिक दिन्छु भनेका थिए । अभिभावकरूपी आमा शिक्षित, सांस्कारिक तथा असल गुणहरूले सम्पन्न भएमा उनीबाट प्रशिक्षित बालबालिकाहरू असल नागरिक बन्न सक्छन् भन्ने अर्थमा नेपोलियन बोनापार्टको भनाइलाई अथ्र्याउन सकिन्छ । घर मानिसको प्रारम्भिक ज्ञानशास्त्रको प्रयोगशाला भएकाले आमालगायत बुवा, दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनबाटै बालबालिकाले जीवनको प्रारम्भिक शिक्षा आर्जन गर्छन् ।

हरेक मानिसलाई बाल्यकालको सिकाईले उसको जीवनमा दिशा निर्देशन गरेको हुन्छ । कलिलो उमेरमा सिकेको ज्ञान, सिकाइले बालबालिकाको व्यवहार निर्माणको जग बसालेको हुन्छ । अभिभावकले छोराछोरीलाई सानै उमेरदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, घरयासी काममा सघाउन, आपसी मेलमिलाप र सहयोगी भावना विकास गर्न, आ–आफ्नो काम आफैं गर्न, सफा सुग्घर रहन, स्वावलम्बी बन्न,आफन्तजन तथा छिमेकीस“ग सामाजीकीकरण हुनलगायत मानवमूल्य मान्यतास“ग सम्बन्धित कुरा सिकाउनुपर्छ । समाजका हरेक बालबालिका अनुशासित, सुसंस्कृत, सभ्य, सक्रिय तथा कर्तव्यनिष्ठ भएमा भोलिको समाज शान्त, क्षमाशील, विवेकशील तथा सद्भावमैत्री बन्नेमा बिमति हुन सक्दैन ।

अहिले हाम्रो समाज अधिकारउन्मुख अभ्यासमा अभ्यस्त भएको देखिन्छ । घरपरिवार, सामाजिक वातावरण तथा अभ्यासले समाजका बालबालिकालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । लोकतान्त्रिक समाजका बालबालिका कर्तव्य र अधिकारबीच’bout प्रशिक्षित हुन आवश्यक हुन्छ ।

कर्तव्य दया, माया, करुणा, चेतना, जिम्मेवारी तथा मानवीय व्यावहारमा आधारित क्रियाकलाप हो भने अधिकार व्यक्ति वा समाजलाई न्यायपूर्ण जीवन बाँच्न पाउने अवस्थालाई सुनिश्चितता प्रदान गर्ने विषय हो । कर्तव्यको पालनाबिना मानिस पूर्ण मानव बन्न सक्दैन भने अधिकारको अभावमा आजको २१आंै सताब्दीमा न त परिवार चल्नसक्छ न त समाज तथा राष्ट्र नै । यस सन्दर्भमा अभिभावकले छोराछोरीलाई कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् भन्ने विषय सानै उमेरदेखि सचेत बनाउनुपर्ने हुन्छ ।

आप्mना छोराछोरी, भाइबहिनी वा घरपरिवारका सदस्यहरूलाई असल, शिष्ट, शालीन, सहनशील, सुसंस्कृत, अनुशासित तथा कर्तव्यनिष्ठ बनाउनका लागि अभिभावकहरूको ठूलो भूमिका हुन्छ । यसका लागि अभिभावकीय शिक्षाको विषयवस्तुले अभिभावक स्वयं प्रशिक्षित हुन आवश्यक हुन्छ । हाम्रो समाजमा अझै पनि ठूलो संख्यामा नागरिहरू अपठित छन् ।

समाजमा रहेको अशिक्षा, गरिबी, पछौटेपनजस्ता कारणले गर्दा लाखौंको संख्यामा बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित भएको अवस्था छ । सामाजिक चेतनाको अभावमा सामाजिक रूपान्तरण हुन सक्दैन ।

यस कोणबाट हेर्दा हाम्रो जस्तो शैक्षिक स्तर कमसल भएको समाजमा अभिभावक शिक्षाका माध्यमबाट दूरदराजसम्म सामाजिक जागरणको अवस्थामा सुधार ल्याउन सकिन्छ । अभिभावकहरू सचेत भएमा उनीहरूले बालबालिकालाई विद्यालय भर्ना गर्न सकारात्मक भूमिका खेल्छन् भने अर्कोतिर बालबालिकाल असल शिक्षादीक्षा प्राप्त गर्न सक्छन् ।

अहिले हाम्रो समाज अधिकारउन्मुख अभ्यासमा अभ्यस्त भएको देखिन्छ । घरपरिवार, सामाजिक वातावरण तथा अभ्यासले समाजका बालबालिकालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । लोकतान्त्रिक समाजका बालबालिका कर्तव्य र अधिकारबीच’bout प्रशिक्षित हुन आवश्यक हुन्छ

अहिले नेपाली समाजमा पुराना पुस्ता र नयाँ पुस्ताको सोचाइबीच चिन्तनगत भिन्नता रहेको पाइन्छ । समाजमा विज्ञान र प्रविधि विकासले मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । एकातिर समाज विकासको गतिअनुरूप बालबालिकाले आपूmलाई अन्तरघुलन गराउन आवश्यक छ भने अर्कोतिर समाजमा परम्परादेखि चल्दै आएका सामाजिक मूल्य, मान्यता, संस्कृति, संस्कारहरू सिक्न पनि त्यत्तिकै आवश्यक छ । सामाजिक, सांस्कृतिक तथा धार्मिक मूल्य र मान्यता पुस्तान्तरण गर्न अभिभावकले भूमिका खेल्नुपर्छ ।

समाजमा प्रचलित पुराना कुराहरू सबै नराम्रा छैनन् र नयाँ सबै कुराहरू असल छैनन् भन्ने कुराको बोध गराउन अभिभावकहरूको महŒवपूर्ण भूमिका हुन्छ । यस कोणबाट हेर्दा विज्ञान, तर्क, शास्त्रार्थ तथा समालोचनाका आधारमा बालबालिकालाई प्रशिक्षित गर्नुपर्ने अग्रज पुस्ताको कर्तव्य हो । यसका लागि अभिभावकहरूले जान्नुपर्ने आधारभूत ज्ञानमा प्रशिक्षित हुन आवश्यक हुन्छ ।

औपचारिक विद्यालयीय पाठ्यपुस्तकहरूमा नैतिक शिक्षाको अभाव छ । नैतिक शिक्षाको अभावमा मानिस कर्तव्यनिष्ठ बन्न सक्दैन । अहिले बालबालिकामा अनुशासन कमजोर हुँदै गएको शिक्षकहरूको भनाइ छ भने अभिभावकको पनि यस्तै अनुभूति रहेको पाइन्छ । अनुशासित जीवनअन्तर्गत बानी, व्यवहार, खानपान, पढाइलेखाइ, असल चरित्र आदि कुराहरू पर्छन् ।

लागूपदार्थ सेवन, साइबर अपराध, दुव्र्यसनलगायतका अपराधजन्य क्रियाकलापमा संलग्न बालबालिकाको संख्या बढ्दो छ । अहिले नयाँ पुस्ताले फास्टफुडको अत्यधिक प्रयोग गर्ने संस्कृति बढ्दो छ । फास्टफुडको प्रयोगले युवा अवस्थामै रक्तचाप, मधुमेह, मोटोपन, हृदयाघातजस्ता रोगमा वृद्धि हुँदै गएको चिकित्सकहरूको भनाइ छ । बालबालिकाले मोबाइलको अत्यधिक प्रयोग गर्ने गरेको अभिभावकहरूकै गुनासो सुनिन्छ । यस सन्दर्भमा बालबालिकालाई घरपरिवारमा सकारात्मक सोच तथा असल बानी व्यवहारको निर्माण गर्न अभिभावकले भूमिका खेल्नुपर्छ ।

अल्बर्ट आइन्सटाइनले ‘मानिसको एउटा मूल्यवान् चीज भनेको उसको अन्तरहृदयको आवाज हो’ भनेका छन् । बालबालिकाका हृदयको आवाज सुनिदिने प्रथम श्रोता अभिभावक हुन् । नाबालक उमेर समूहका बालबालिकाका समस्या समाधान गर्ने दायिŒव घरपरिवारको हो ।

अभिभावकले छोराछोरीलाई ‘यो गर वा त्यो गर’को ठाडो निर्देशन दि“दा उनीहरूलाई जबर्जस्ती स्विकारिदिनुपर्ने बाध्यतात्मक परिस्थिति आउन सक्छ । यसो हुँदा उनीहरूमा नैराश्यता, बदलाको भावना एवं नकारात्मक सोचाइ विकास हुन जान्छ । नाबालकहरू निराशाको चरमविन्दुमा पुगेपछि अपराधजन्य कार्यमा संलग्न हुने वा आत्महत्यासम्मको अप्रिय निर्णय लिनपुग्ने गरेको मनोविद्को भनाइ पाइन्छ । यस कोणबाट विश्लेषण गर्दा अभिभावकले बढ्दो उमेरका बालबालिकालाई सकारात्मक मार्गनिर्देश गर्नका लागि मनोपरामर्शको खा“चो हुन्छ । यसका लागि अभिभावक स्वयं सक्षम हुनुपर्छ ।

अहिले बालबालिका तथा किशोरकिशोरीले मोबाइल र इन्टरनेटमा अत्यधिक समय बिताउने गरेको अवस्था छ । मोबाइल र इन्टरनेटको पहुँच गाउँगाउँसम्म छ । इन्टरनेटभित्रका सञ्जालमध्ये विशेष गरेर फेसबुक प्रयोगले युवापिँढीमा एक्लै रमाउने, एकोहोरो बनाउनुका साथै आपसी छलफल र अन्तक्र्रिया गर्ने बानी र व्यवहार कमजोर बन्दै गएको अवस्था छ । सामाजिक सञ्जालमा ज्ञान आर्जनका फराकिला सुविधा हुँदाहुँदै पनि यसको दुरुपयोग हुने गरेको छ । सामाजिक सञ्जाल प्रयोग’bout उनीहरूलाई सचेत बनाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।

अभिभावकले आप्mना छोराछोरीलाई खान, लगाउन र विद्यालयमा चाहिने कापी किताब व्यवस्था गरिदिएर मात्र पुग्दैन, घरमा पढाइलेखाइको वातावरण सिर्जना गरिदिनुका साथै उनीहरूको दुःखसुखको साथी पनि बनिदिन सक्नुपर्छ । समयसमयमा उनीहरूस“ग मनोविमर्श गरी समस्या उत्खनन तथा समाधान गर्ने कार्य आवश्यक हुन्छ ।

यसैगरी, घर व्यवहारका मामिलामा पनि अलि ठूलो उमेरका छोराछोरीस“ग राय, सल्लाह लिने, उचित कुरा ग्रहण गर्ने र अनुचित सुझावलाई तर्कका आधारमा विचार निर्माण गर्न सिकाउनुपर्छ । यसो हुनसकेमा बालबालिकामा घरपरिवारप्रति जिम्मेवारी बोध हुन्छ । व्यावहारिक ज्ञानको विकास हुन्छ ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि अभिभावकको उचित रेखदेख, माया, ममता, पे्ररणा, हौसला, निर्देशन तथा सहयोग पाउनसकेका बालबालिका भविष्यमा नेपोलियन बोनापार्टले भनेजस्तै ‘असल नागरिक’ हुन सक्छन् । त्यसैले बालबालिकाको उचित रेखदेख र मार्ग निर्देशन तथा असल आचरण विकास गर्नका लागि अभिभावक सक्षम हुनुपर्ने हुन्छ ।

आ–आप्mना छोराछोरीलाई कुलत र कुसंस्कारबाट जोगाई सभ्य नागरिक बनाउनका लागि अभिभावक भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तसर्थ, हरेक पालिकामा स्थानीय सरकारले अभिभावक शिक्षा तालिम सञ्चालन गरी अभिभावकलाई सचेत बनाउन आवश्यक ठानिन्छ ।
[email protected]

(Visited 11 times, 1 visits today)





Source link

Leave a Comment